मंकोकको रेस्टुरेन्टमा रबर जस्तो चामल?

प्रकाशित मिति
0
145

suspectedfakerice_10jan2017_1

मंकोकको ग्रान्ड प्लाजामा अवस्थित Pier 88 मा फ्राइड् राइस खान गएकी एक महिला ग्राहकले भात अनौठो लागि परीक्षण गरिन् । उनले बताए अनुसार औंलाले माड्दा त्यो भातको सिता रबर जस्तै तन्किने र पहिलेको अवस्थामा ल्याउन सकिन्छ । नक्कली प्लास्टिकको चामल भएको आशंकामा उनले फुड एन्ड हाइजिन डिपार्टमेन्टलाई रिपोर्ट गरेकी छिन् ।

रेस्टुरेन्टको मेनेजरले वर्षौंदेखि त्यही चामल प्रयोग गरिरहेको बताएका छन् । उक्त चामलको वितरण चीनबाट भएको बताइएको छ ।

साइ वानको शाखामा आफूलाई पनि त्यस्तै चामलको भात दिइएको हुई थरका अर्का ब्यक्तिले पनि बताएका छन् । आफूले कम्प्लेन गर्न जाँदा रेस्टुरेन्टका कर्मचारीले आफूहरुले उच्च गुणस्तरको चामल प्रयोग गर्ने आफूहरुले पनि त्यही खाने गरेको भनी उनलाई जवाफ दिएको बताइन्छ ।

यी दुवै केस फुड एन्ड हाइजिन डिपार्टमेन्टले अनुसन्धान गरिरहेको बताइन्छ ।
केही समय अघि क्यानडाको भ्यान्कोभरमा पनि यस्तै घटना घटेको थियो, तर छानबिनमा त्यहाँका अधिकारीहरुले आरोप गलत रहेको बताएका थिए ।

भातको सिता छामेर वा खाएर सक्कली या नक्कली यकिन गर्न नसकिने विज्ञहरुको भनाइँ छ, चामललाई खोले (कन्जी) बनाएर  पत्तो लगाउन सकिने उनीहरुको भनाइँ छ ।

भिडियो हेर्नुस्;

Pier 88 को फ्राइड् राइस

हेरौं नतिजा के आउँदो रहेछ तर  प्लास्टिकबाट फेक चामल बनाएको यस्तो भिडियो इन्टरनेटमा  देखेपछि शंका लाग्नु स्वभाविकै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here