मंकोकको गहना पसल लुटपाट..!

प्रकाशित मिति
0
2953

हिंजो दिउँसो १ः१० बजे मंकोकको गरगहना पसलबाट १० लाख डलर बराबरको गरगहना र घडी लुटिएको छ ।

साइ इ स्ट्रिटमा रहेको उक्त दोकानमा मास्क लाएको ब्यक्तिले ३६ वर्षे चेङ थरकी महिला कामदारलाई छुरा देखाएर लुट्न सफल भएको बताइन्छ ।हतारमा भाग्दा भाग्दै लुटेराले कतिपय गहनाहरु खसालेको पनि बताइन्छ ।सिल्भर कलरको भ्यानबाट ओर्लेर ५ मिनेट भित्र लुटपाट गरी लुटेरा र गाडी चलाउने सहयोगी भागेको बताइन्छ । पुलिस सर्भिलेन्सले गाडीको नम्बर प्लेट पत्ता लगाए पनि प्रयोग गरिएको नम्बर प्लेट नक्कली रहेको खुलेको छ ।

घटनामा संग्लन अभियुक्तहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सि सि क्यामेरा फुटेज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here