भोलि पोलिटेक्निक युनिभर्सिटीमा पुलिस प्रवेश गर्ने ….

प्रकाशित मिति
0
2113

१० दिनदेखि आन्दोलनकारीहरुलाई छेका हालेर बसेको हङकङ पुलिस ११ औं दिन भोलि बिहान पोलिटेक्निक युनिभर्सिटीमा प्रवेश गर्ने बताइएको छ ।

याउ चि मोङ जिल्ला कमान्डरका अनुसार उपचार टोलीको साथ पुलिस भित्र जानेछ , धेरै दिनदेखि घेरामा बसेका उनीहरुको स्वास्थ्य पहिलो प्राथमिकता रहने र उनीहरुलाई प्राथमिक उपचार दिइसकेपछि कानुनी कार्यवाही अगाडि बढाइने बताइएको छ । आज विद्यार्थीहरुको खोजीमा प्रवेश गरेका सहजकर्ताहरुले १ जना युवतीलाई मात्रै भित्र भेटेको बताएका थिए, ती युवती सहजकर्ताहरुसँग बोल्दा बोल्दै बीचमा उठेर हिंडेको बताइन्छ । अझै पनि २ दर्जन जस्ता आन्दोलनकारी लुकेर बसेको हुनसक्ने बताइएको छ ।

पुलिसको प्रवेशले भीडन्तको स्थिति सिर्जना हुने र अप्रिय घटना घट्न सक्ने भन्दै मानवीयता देखाउँदै युनिभर्सिटी घेराउ गर्न छोडेर वातावरण सहज बनाउन सहजकर्ताहरुले आग्रह गरेका छन् । पुलिसले भने पक्राउ परेकाहरुको कानुनी कार्यवाहीको लागि आवश्यक सबुत प्रमाण संकलन गर्नुपर्ने भएकोले पनि कम्पाउन्ड भित्र जानै पर्ने आवश्यक रहेको पुलिसले बताएको छ । त्यहाँ खतरनाक वस्तुहरु रहेकोले पुलिसको निगरानी बिना युनिभर्सिटी प्रशासनलाई सरसफाई गर्न नमिल्ने उनीहरुको भनाइँ रहेको छ ।

हालसम्म ११०० जना युनिभर्सिटीबाट निस्किसकेका छन्, १८ वर्ष मुनिका ३०० जनालाई घर जान दिइएको थियो भने बाँकीलाई पक्राउ गरी मुध्दा दायर गरिएको छ ।
चाइनिज युनिभर्सिटी र पोलिटेक्निक युनिभर्सिटीमा घमासान आन्दोलन भएपछि हाल सबै युनिभर्सिटीहरुमा सुरक्षा ब्यवस्थामा कडाई गरिएको छ, एयरपोर्ट-एम टि आर पछि युनिभर्सिटीतिर गोर्खाको माग बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here