भोलि पनि स्कुल बन्द!

0
7

विध्वंसकारी टाइफुन माङखुतको असरको कारण भोलि पनि विद्यालयहरु बन्द गर्न एजुकेसन ब्युरोले निर्देशन जारी गरेको छ।

टाइफुनले गरेको क्षतिलाई सामन्यीकरण गर्नुको साथै यातायात सेवा सुचारु गर्न समय लाग्ने भएकोले ब्युरोले उक्त सूचना जारी गर्नुपरेको बताएको छ।

विद्यार्थीहरु आइहालेको खण्डमा उनीहरूलाई आश्रय दिनको निम्ति विद्यालय परिसर खुला राख्न पनि विद्यालयहरुलाई निर्देशन दिइएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here