भोलिदेखि हङकङमा मास्क प्रतिबन्धित हुने…

प्रकाशित मिति
0
2442

भोलि शुक्रबार बस्ने कार्य परिषदको मिटिङमा सभा जुलुसमा मास्क लाउन नपाउने कानुन लागू गर्ने बताइएको छ । क्यारी लाम सरकारले भोलि छलफल गरी यथाशीघ्र कानुनको घोषणा गर्ने बताइएको छ ।

४ महिनादेखि चलिरहेको आन्दोलनमा आन्दोलनकारीहरुले मास्क लगाएर दंगा गरेको भन्दै सभा जुलुसमा मास्क लाउन प्रतिबन्ध गरिपनु पर्ने बेइजिङ पक्षधर पार्टीहरुले माग गर्दै आएका छन् , उनीहरुले मास्क विरोधी अभियान चलाउने बताएका छन् । कानुनले प्रतिबन्ध गरेको जुलुस सभामा सहभागी हुनेले मास्क लाउन नपाउनु पर्ने तर कानुनसम्मत सभा-जुलुसमा बिमार मानिसहरुलाई मास्क लाउन दिइनु पर्ने बेइजिङ पक्षधर DAB ले माग गरेको छ । सरकारले संकट काल घोषणा गर्दै कडा कानुन अवलम्बन गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

अमेरिका, क्यानडा, जर्मनी र फ्रान्स जस्ता देशहरुमा सभा-जुलुसमा मास्क लाउन नपाइने कानुन रहेको बताइन्छ ।

हत्तेरीले गरेको सर्वेक्षणमा भने २०३ जना मध्ये १७० जना साथीहरुले प्रतिबन्ध लाउनु उचित नहुने अभिमत राख्नु भएको थियो भने प्रतिबन्धको पक्षमा ३३ मत रहेको थियो । सबैतिर ब्यापार ब्यवसाय चौपट भएकोमा मास्क ब्यवसायीहरुलाई लाभ भइरहेको थियो होला तर अब त्यसमा पनि पक्कै असर पर्ला । आन्दोलनकारीले मास्क लाएर दंगा गरिरहेका छन् भने पुलिसले पनि मास्क पहिरेर ज्यादती गरिरहेकै छन् , मास्क प्रतिबन्ध गर्दा दुवै पक्षलाई गरे हिंसात्मक झडपमा कमी आउँथ्यो कि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here