भोको भुत पर्व (Hungry Ghost Festival) – किन्दर राई

प्रकाशित मिति
1
249

burnt-offerings-on-the-street-for-YuLan-Hungry-Ghost-Festival.-hongkong-hk-hkig

चिनिया समुदायमा परम्परागत रुपमा मानिदै आएको धेरैवटा चाडहरु मध्ये भोको भुत पर्व पनि एक हो । यसलाई चाइनिजमा बुद्धिष्टहरुले “युलान् पन् 盂蘭盆” भन्दछन् भने ताओइष्टहरुले “चुङयुन् चीत्中元節” भन्दछन् । यो चिनिया पात्रोको सातौं महिनाको पन्ध्रौं दिनमा पर्दछ । यो सातौ महिनालाई भूतको महिना पनि भनिन्छ । यसदिन स्वर्ग र नर्क (Heaven &Hell )का सबै मृतात्मा र भुतहरुको लागि यस मर्त्यलोकको ढोका खुल्ला हुन्छ भन्ने विश्वास गरिन्छ ।

 

यी भुत र मृतात्माहरुले मानिसहरुलाई दुख नदियोस आफ्नो घर भित्र प्रवेश नगरोस भन्ने उदेश्यले आफ्नो घरको मुलढोका वा प्रवेशद्धार(गेट)को छेवैमा विभिन्न किसिमका खानेकुरा र पेय पदार्थहरु राखि दिने गरिन्छ । उनि स्वर्गमा वा नर्कमा किनमेल गर्न सकोस भन्नका लागि कागजका नोटहरु पनि राखि दिने गरिन्छ । खानेकुरा राखिएको ढोका वा गेट नजिकै यी राखिएका चिजहरु राम्ररी देखियोस् भन्नका लागि लालटिन पनि बालेर राखि दिने गरिन्छ । खाने कुरामा बाफमा पकाइएको गुलियो रोटी पर्दछन् ।
यसचाड सम्बन्धी पनि अनेकौँ किंवदन्तीहरु मध्ये एउटा किंवदन्ती यस्तो रहेकोछ :

धेरैवर्ष पहिले एकजना मु लिआन् भन्ने एउटा युवक उसको विधुवी आमाको साथमा बस्दथ्यो । उसको त्यो विधुवी आमा अत्यन्तै दुष्ट स्वभावको थियो । उनी मागी खाने दुखीहरुलाई अत्यन्तै होच्याएर केही पनि नदिई फर्काइ दिन्थ्यो । आफु भन्दा तल्लो तहकाहरुलाई जहिल्यैपनि हेला र खिसि टिउरी (Jeer) गर्दथ्यो । सारमा भन्ने हो भने उनी आफुभन्दा अरुलाई मान्छे नै गन्दैनथ्यो ।
अर्को तिर मु लिआन् अत्यान्तै दयालु स्वभावका थिए । ऊ सँधै आपद विपद परेकालाई सहयोग गर्न तत्पर रहथ्यो । एक दिन उसले आफु सन्यास लिने निर्णय गर्यो । यो कुराले उसको आमालाई क्रुद्ध बनायो । उसको आमा चाहन्थ्यो कि छोरो बाहिर बिदेश गएर उनको लागि पैसा कमाओस । उनको लागि कुनै पनि कुराहरु भन्दा धन सम्पति र सुख सयल नै सबै कुरा थियो । यस्तो निर्णय गर्ने छोरा प्रति उनी क्रोधत भयो ।

अनेक किसिमले सम्झाएर पनि उनले आफ्नो छोरालाई मनाउन नसके पछि उसले अनेक तानाबाना बुन्न थाल्यो ( Hatched in her mind ) । आफ्नो छोरो फर्काउनको लागि मात्र भनेर उसले अनेक उपायहरु रच्न थाल्यो । एकदिन उसले केही सन्यासीहरुलाई खाना खुवाउने निम्तो दियो । ति सन्यासीहरु ( Monks ) शाकाहारी मात्र थिए तर उनले खानेकुराहरु तयार गर्दा मासुको मात्रापनि मिसाई दिए ।

यो कुरा थाहा पाएर उनलाई दण्ड स्वरुप नर्कमा पुर्याइयो । नर्कमा पुर्याइएको आफ्नो आमालाई बचाउन मु लिआन्ले प्रयत्न गर्न थाल्यो । किनकी नर्कमा पुर्याइएको आफ्नो आमाको आत्माले धेरै दुख पाइरहेको छ भन्ने कुरा प्रति उसको गहिरो चिन्ता थियो । यसपछि आमाको आत्मालाई भेट्नको लागि मु लिआन्ले पनि नर्कको यात्रा तय गर्यो । चाँडै ऊ आमा भएको नर्कमा पुग्यो । उसले आमालाई किलै किलाको बिछ्यौना माथि पल्टि रहेको देख्यो । रगतको भाँडोमाथि किलैकिलामा पल्टि रहेको आमालाई खाने कुरा दिने प्रयत्न गर्यो तर उनलाई दिन खोजेको खानेकुरा जति सबै कि त रगत भयो कि त खरानी भएर उड्यो । यसरी आमालाई खाने कुरा खुवाउने प्रयत्न बिफल भएपछि ऊ घरमा आएर प्रार्थना गर्न थाल्यो । उसको प्रार्थनालाई बुद्धले सुन्यो र उसको सम्वेदनाले बुद्धलाई छोयो र उसको प्रार्थनाको सुनुवाइ भयो ।

यसपछि बुद्धले उसलाई के कुरामा आश्वस्त पार्यो भने अब आइन्दा वर्षमा एक पटक नर्कको ढोका खोलिनेछ र त्यहाँ भएका मृतात्माहरु यस मर्त्यलोकमा आउने छन र उनिहरुलाई खानेकुराहरु खुवाइनेछ । यो दिन सातौं महिनाको सातौ दिनमा पर्नेछ । यसरी चिनीयाहरुले चाइनिज पात्रो अनुसार सातौं महिनाको पन्ध्रौं दिनलाई भोको मृतात्मालाई खुवाउने अवसरको रुपमा भोको भुत पर्व मनाउन थालेको भन्ने भनाई रहेको छ ।(कुनै ठाँउमा यो सातौं महिनाको पन्ध्रौं दिनमा भनिएकोछ र कुनै ठाँउमा सातौं दिनमा)
अग्रेंजी पात्रो अनुसार केहि सालका भोको भुत पर्व पर्ने दिनहरुः-
२०१५ मा अगष्ट १४ देखी सेप्टेम्बर १२ सम्म र मुख्य दिन चाही अगष्ट २८
२०१६ मा अगष्ट ३ देखी अगष्ट ३१ सम्म र मुख्य दिन चाही अगष्ट १७
२०१७ मा अगष्ट २२ देखी सेप्टेम्बर १९ सम्म र मुख्य दिन चाही सेप्टेम्बर ५

 

  • प्रस्तुति: किन्दर राई
  • image

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here