भित्ताको तस्विर हेरे पछि – केरुङ गणेश हाङ्सेेम

प्रकाशित मिति
0
8

fb_img_1479463402396युगिन संबेदनाले छोपेको समय को एउटा अनुहार
झुन्डिएको छ भितामा
तेहि तस्विर मा पलाएका छन अनेक प्रस्नै बिना कुनै जवाफ हेर्दै फर्किन्छन
बेमौसमी मान्छेहरु ।
वरपर हल्लिरहेको छ त्यो तस्विर
सिनेमा को दृश्य जस्तै
फर्फर…..हावाले उडाइ राखेको छ
कुनै बिज्ञापन को पोस्टर जस्तै ।
हो, मेरो नाङ्गो आखाले हेरिरहेको छ यि सबै ।
भित्ता को दायाँ तिर भित्ते घडी छ,
बायाँ तिर क्यालेन्डर झुन्ड्याएको छ
मुनि कालो पुराने कोट पनि
वर तिर को ओछ्यान मा एक बालक
मस्त निद्रामा छ,
बिच मा साधा तस्वीर फ्रेम मा कैद गरेर झुन्ड्याइएको छ ।
चुपचाप छ छन सबै सबै
तर,तस्वीर ले केहि बोलिरहेको छ ।

 

हो यो रिकुटे को घर हो,
मुल ढोका को निदालमा सजाइएका छन
लस्कर बन्दुक बोकेका सिपाहिहरु को फोटो
तेहि बिच उभिएको छ रिकुटे साइला ।
तर,रिकुटेवला को फोटो भन्दा भिन्न छ
तेहा एउटा तस्विर,
बर्सौ देखी आखा गाडेर माटो लाइ हेरि रहेछ ।
आदिम युग को झल्को -ले
किरिङ-मिरिङ-किरिङ-मिरिङ
सङ्गित बज्न थालेको छ ।
साधा बाट रङ्गिन हुदैछ आफै आफै
आजु भोली,
तेहि तस्विर को सिनहरुमा ।
वर्तमान सम्म लाई सम्बोधित छ,
ब्याख्या छ आदिम ता देखि आधुनिकता सम्म को,
सिमाहिन छैनन कुनै एक रङ्ग पनि
सिमानाहरु भत्काउदै सालिन फाटमा
उभिएको छ त्यो तस्विर को मुर्त- अमुर्त मान्छे,
त्यो तस्बिर हेरे पछि
साङ्लिएको छ मेरो बिचार को दहहरु
फुक्किदै गएको छ मेरो चेतना को गाठोहरु।

 

हुन सक्छ त्यो तस्बिर
आदिम युग को मान्छे को
समय सङ्ग सङ्गै बाचेको मान्छेको
अर्थात मौन इतिहास को स्केच ।

– केरुङ गणेश हाङसेम – द. कोरिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here