भाइरल – इन्द्र थेगिम

प्रकाशित मिति
0
17

 

20161016_202655कलाकार ,
पत्रकार ,
साहित्यकार ,
नेता द्वयहरु मार मा परेकाछन् ।

उल्लेखित ब्यक्तिहरु,
खोक्दा नि आहिस्ता आहिस्ता गर्दा हुन् ।
बोल्दा पनि खासक् खुसुक् मात्र गर्दा हुन् ।
खाँदा झन् अलग्गै काँटाचमचको भरमा निल्दा हुन् ।

सतर्कता अपनाउँदो हो त ,
पत्रकार हरु हात बाँधेर बस्दा हुन् ।
अनलाइन अखबार वालाहरु दलिन् गन्दा हुन् ।
ईन्टरनेट युजरहरु R.I.P. लेख्न आतुर नहुँदा हुन् ।

न्युज भाईरल को फेसन जो चलेको छ,
कलाकार अस्वस्थ – हतारमा R.I.P
पत्रकार घाईते- हतारमा R.I.P.
साहित्यकार अशक्त – हतारमा R.I.P.
नेताको स्वास्थ परीक्षण – हतारमा R.I.P.

आखिर ,
न्युज लाई भाइरल बनाउनु छ,
पछि क्षमा याचना मागे भैगोन्त।
हार्दिक पछि को “श्रद्धाञ्जली” को न कुरो हो ?
एडिट गरेर “ज्ञापन” लेखे सक्किगोन्त ।

-इन्द्र थेगिम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here