भर्‍याङ चढ्दा लुटपाट

0
6

lui

एक्लै भर्‍याङमा हिंड्दा चोरले नेपाली समुदायका महिलाहरुको सुन लुछेर भागेको काण्डहरु हामीले यदाकदा नसुनेका होइनौं ।मंकोकमा हिंजो यस्तै घटना घटेको छ।

तोङ चोइ स्ट्रीटमा भएको एक आवासमा २२ वर्षे लुई आफ्नो नाबालक छोरालाई अगाडि बोकेर खाद्यान्नका साथ भर्‍याङ उक्लिँदै गर्दा दोस्रो तल्लामा एक अन्जान ब्यक्तिले उसलाई रोकेर भित्तामा धकेल्यो । लुईले भित्तामा आड लिएर आफ्नो बच्चाको सुरक्षा गर्दा उक्त चोरले उनको टाउकोमा कुनै वस्तुले हिर्काई लुईले लाइराखेको १५ हजार डलरको नेकलेस चुँडेर भाग्यो ।

लुईले उसको पिछा गर्ने कोशिस गरे पनि उसलाई भेट्न सकेन । लुई बस्ने उक्त घरमा सेक्युरिटी गार्ड र क्यामेराको ब्यवस्था छैन । तर त्यसै घरको भुँइतलामा रहेको सलुनमा जडान गरेको क्यामेराले चोरको दृश्य लिएको हुनुपर्ने विश्वास गरिएको छ। सो घटनामा शंकास्पद भनी प्रहरीले एक ५० वर्षे वृध्दलाई पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here