ब्वाईफ्रेन्डसँग पुनर्मिलन गराइदिने भन्दै …

प्रकाशित मिति
0
155

bud

आफ्नो ब्वाईफ्रेन्डसँग ब्रेक अप भएपछि रन्थनिएकी ३० वर्षीया महिला कसरी उनलाई पुन: प्राप्त गर्ने भन्ने विषयमा चिन्तित थिइन् ।
यस्तैमा गत जनवरीमा उनको आँखा एउटा अनलाइन विज्ञापनमा पर्‍यो, त्यस विज्ञापनमा तन्त्रमन्त्रबाट जुनसुकै समस्या समाधान गरिदिने दावा गरिएको थियो ।
त्यसै चक्करमा परेर पीडित महिला मंकोकको नाथन रोड स्थित कमर्सियल बिल्डिङमा रहेको एक थाई बुध्दिस्ट गुम्बामा पुगिन् । त्यहाँ उनको भिक्षुको भेषमा रहेका २७ वर्षे ब्यक्तिसँग भेट भयो ।

उनलाई आफ्नो समस्या बताइसकेपछि भिक्षुले उनलाई झारफुक गर्न भन्दै तीन किस्तामा गरेर १ लाख डलर लिए । त्यति मात्रैले नपुगेर उनको दशा पन्छाउन आफूसँग यौन संपर्क राख्नुपर्ने भन्दै गत अप्रिल र जुलाईमा उनीसँग सहवास गरे ।

सबै क्रिया कर्म गरेर पनि आफ्नो ब्वाईफ्रेन्डसँग पुनर्मिलन नभएपछि पीडित महिलाले साथीहरुको सल्लाहमा पुलिसमा गत सोमबार रिपोर्ट दिए । थाइल्यान्डबाट फर्किनासाथ अभियुक्तलाई पुलिसले पक्राउ गरेको छ । गत सालको जुन महिनाबाट उनले त्यस गुम्बा संचालन गरेको बुझिएको छ, यसरी ठगीमा परेका अरु पनि कोही भए +852 3661 8545 or 3661 1642 मा संपर्क गर्न पुलिसले अपील गरेको छ ।

धर्मको आडमा हाम्रो अन्धविश्वासको फाइदा उठाउन ब्वाँसाहरु हरेक कदममा ढुकेर बसेका छन्, त्यसैले कृपया सजग बनौं, शिकार नबनौं!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here