बैंकको ए टि एम बाट १७ लाख डलर चोरियो!

प्रकाशित मिति
0
182

hsbc_atm

आइतबार मध्यरातमा याउ तोङको को चिउ रोडको सपिङ मलमा रहेको एच एस बि सी बैंकको ए टि एम मेशिनबाट एक ब्यक्ति १७ लाख डलर उछिट्याउन सफल भएको छ (कति दिनलाई हो कुन्नि !) ।

मध्यरातमा ए टि एम मेशिनमा भरिएको ४५ मिनेटपछि मास्क लगाएको मान्छेले हात साफ गरेको सि सिटि भि मा देखियो । उसले १०० को बाकसहरु नछोई ५०० को बाकसहरु चिनेर लगेको र साँचोको प्रयोग गरि आरामले चोरी गरेकोले बैंक भित्रकै मान्छेको हात रहेको आशंका गरिएको छ । रित्याइएका २खाली बाकसहरु सपिङ मल बाहिर फ्याँकिएको भेटियो ।

 

घटनाको बारे भोलिपल्ट बिहान ११ बजे सेक्युरिटी चेकमा थाहा भएको थियोे तर पुलिसलाई २ बजे मात्रै थाहा दिइनुले झनै आशंका थपेको छ। हालसम्म कसैलाई पक्राउ गरिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here