बेइजिङले राजीनामा दिनु नदिएको भन्दै अडियो लिक भएपछि…!

प्रकाशित मिति
0
2911

..

अहिलेको हालतमा हङकङलाई पुर्‍याउनुमा आफ्नो गल्ती रहेको स्वीकार्दै क्यारी लामले आफूले राजीनामा दिँदा पनि बेइजिङले स्वीकृत नगर्ने बताएको अडियो रोयटर्सले लिक गरेपछि स्पष्टिकरण दिँदै
उनले आफूले हालसम्म राजीनामा नबुझाएको बताएकी छिन् ।

हङकङका ठूला ब्यवसायीहरुसँगको बन्द कोठामा भएको मिटिङमा उनले आत्मालोचना गर्दै यो राजनैतिक संकट आफ्नो गलत कदमले उब्जेको बताएकी थिइन् । आन्दोलनकारीहरुको डरले हाल उनी आफ्नै घरमा नजरबन्दको अवस्थामा रहनु पर्ने बाध्यता रहेको उनले बताएकी थिइन् । यो संकटलाई आफूले नै सच्याउनु पर्ने आफ्नो बाध्यता रहेको उनले बताएकी थिइन् ।

त्यो अडियो मिडियामा बाहिरिनु अनैतिक र गलत भन्दै आज उनले राजीनामा नदिने उनको ब्यक्तिगत निर्णय भएको बताएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here