बुल्डोजर समुद्रमा खसेर मृत्यु!

प्रकाशित मिति
0
1065

हङकङ एयरपोर्टको थर्ड रन वे निर्माणमा संग्लन एक बुल्डोजर चालकको समुद्रमा खसेर हिंजो मृत्यु भएको छ ।
समुद्र पुरेर जमिन बनाउने काम चलिरहेको उक्त साइटमा उनको केवल ३ दिन अघि डिउटी ज्वाइन गरेको बताइन्छ ।
काममा यथेष्ट अनुभव नभएको कारणले उनले समयमा ब्रेक लाउन नसक्दा दुर्घटना भएको अनुमान गरिएको छ । हिंजो बिहान ११ः१३ बजे बुल्डोजर सहित ३८ वर्षे चुङ समुद्रमा खसेका थिए, १५ मिनेटमा उनलाई गोताखोरहरुले फेला पारे पनि उनलाई दिउँसो १ः५० बजे अस्पतालमा मृत घोषित गरियो ।
उनको श्रीमती सहित ३ सन्तानको परिवार रहेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here