बुक्स फर लभ!

प्रकाशित मिति
0
85

स्वाइर् प्रपर्टिज मेनेजमेन्टले हरेक साल १० हङकङ डलरमा विभिन्न विधाका पुस्तकहरु बेच्ने गर्दछ ।
‘बुक्स फर लभ’ शीर्क अन्तर्गत आयोजना गरिने यस कार्यक्रममा पाठकहरुले आफ्नो घरमा प्रयोगविहीन भएका पुस्तकहरु संकलन गरिन्छ ।
संकलन गरिएका पुस्तकहरुलाई वृहत पुस्तक मेला गरी प्रति गोटा १० डलरमा बिक्री गरिन्छ ।

सन २००९ देखि आयोजना गरिँदै आएको यो सालको पुस्तक मेला ताइकु प्लेस् मा अप्रिल २५ देखि २८ तारीख सम्म हुँदैछ ।
यसरी संकलन भएको रकम गैर नाफामूलक सामाजिक संस्थाहरुलाई दान गरिन्छ ।
गत साल मात्रै ७ लाख डलर संकलन गरिएको बताइन्छ । सस्तोमा किताब पाठकलाई प्रदान गर्नु त छँदैछ, रि-साइकल (पुनर्पयोग) सम्बन्धि चेतना अभिवृध्दि पनि
कार्यक्रमको उद्देश्य आयोजकको रहेको बताइन्छ ।

तपाईं पनि इच्छुक हुनुहुन्छ भने दिउँसो १२ बजेदेखि साँझ ८ बजेको बीच क्वारी बे स्टेशनको एक्जिट ‘ए’ बाट निस्केर ताइकु प्लेस जानुसक्नुहुनेछ ।
सामान्यतय १००-२०० डलर पर्ने पुस्तक १० डलरमा पाइँदा नजानू पनि किन? किताब पुरानो भए पनि ज्ञान पुरानो हुँदैन, हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here