बिर्सिएका यादहरु ! – सुनिता गिरी

प्रकाशित मिति
0
394

फर्की आउँदा
यो प्रवासमा
देशको अलिकति माटो
बोकी ल्याउँला सोचेकी थिएँ
बिर्सिएछु ।

हिँड्ने बेला
मात्रै यादमा आइरहे
यात्राको साइत
बाबाको आशीर्वाद
माइतीको आँसु
र घरको आकृति
अहो !
अहिले पश्चात्ताप भो मलाई
फर्की आउँदा
यो बिरानो शहरमा
गाउँको अलिकति माया
बोकी ल्याउँला सोचेकी थिएँ
बिर्सिएछु ।

छोडिएका चिजहरुकै
धेरै माया लाग्ने रहेछ
बिर्सिएका कुराहरु नै
बारम्बार सम्झनामा आउँदा रहेछन्
अहिले
साँच्ची नै गाह्रो भो मलाई ।

हिँड्ने बेला
कसको प्रगाढ मायामा रोएकी थिएँ
छुट्ने बेला
कसलाई हृदयभरि सम्झिएकी थिएँ
रुँदारुँदै
सम्झँदा सम्झँदै
धेरै कुरा बिर्सिएछु
आँसु पुछेपछि मात्र याद आयो ।

यो एकलास भूमिमा
जीवनको बाँकी यात्रामा
हार मिलाएर सँगै हिँड्न
एउटा प्रिय छाया
जोगाई ल्याउँला ठानेकी थिएँ
बिर्सिएछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here