बिरामी आमाको हत्या गरी आत्महत्या प्रयास..

0
9

knife
आफ्नी ७७ वर्षीया दीर्घ रोगी आमालाई धारिलो हतियारले प्रहार गरी बिल्डिङबाट हाम्फालेर आत्महत्या गर्न खोज्ने ३४ वर्षे  चिना युवकलाई घाइतेँ अवस्थामा पुलिसले उध्दार गरी अस्पताल पुर्‍याएको छ ।
आज क्वाई चुङको क्वाई सिङ स्टेटको भिरालो ठाउँमा आज दिउँसो उनलाई घाइतेँ अवस्थामा रहेको रिपोर्ट पाएपछि घटनास्थलमा पुगेको प्रहरीले उनको ठेगाना सोधेपछि उनको घरमा जाँदा टाउको लगभग छिनाइएको अवस्थामा अभियुक्तकी आमालाई फेला पारेको थियो ।

mother

विगतमा ब्यपार ब्यवसायमा संग्लग्न अभियुक्तले आमाको हेरचाहको लागि भनेर ५ वर्षदेखि जागिर छोडेको बताइन्छ । उनीहरु सहित २ जना घरेलु कामदार रहेको उक्त घरमा घटनाको समय घरेलु कामदारहरु आइतबारे छुट्टीमा रहेको बताइन्छ ।

मृतक आमालाई के कति कारणले अभियुक्तले हत्या गरे भन्ने खुलिसकेको भने छैन तर उनले आमाको अवस्थाबाट हरेस खाई यस्तो कदम चाले कि भन्ने अनुमान गरिएको छ । गत फेब्रअरीमा यस्तै घटनामा डिमेन्सियाले ग्रस्त ५६ वर्षे श्रीमतीलाई ५८ वर्षे श्रीमानले हत्या गरी १५ तलाबाट हाम्फालेका थिए ।

police

अभियुक्त फेला परेको भिरालो ठाउँमा सबूत प्रमाण खोज्दै प्रहरी

दुर्दिनको अवस्थामा भावावेशमा आएर कति मान्छेले यस्ता गलत कदम उठाउन पुग्छन् तर साहसी र विवेकी मान्छेको परिचय यस्तै मौकामा नै हुने गर्छ ।
तपाईंका पनि खराब दिन चलिरहेको छ भने धैर्यता राख्नुहोला, रात जतिसुकै लामो भए पनि बिहान भएरै छाड्छ, हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here