बिरामीको ट्युमरवाला किड्नी निकाल्नुपर्ने …

प्रकाशित मिति
0
510

किड्नीमा ट्युमर भएर कज वे बेको प्राइभेट अस्पताल सेन्ट पलमा भर्ना भएकी बिरामीको ट्युमरवाला किड्नी नहटाई स्प्लिन् अर्थात् फियो हटाएको आरोम एक डाक्टरलाई लागेको छ ।

५७ वर्षे बिरामी महिलाको गत मार्च २५ तारीख किड्नीको अपरेशन गरिएको थियो । तर ल्याब टेस्टमा निकालिएको अंग किड्नी नभई स्प्लिन् रहेको पत्तो लागेपछि तत्काल अस्पताल प्रशासनलाई सुचित गरिएको बताइन्छ । महिलालाई अप्रिल १६ तारीख डिस्चार्ज दिइएकोमा उनको त्यसपछिको स्वास्थ्य अवस्था खुलाइएको छैन ।

अस्पतालले डाक्टरलाई बर्खास्त गर्दै घटनाको २ दिनपछि सरकारको स्वस्थ विभागमा जानकारी गराएको र विभागको माग बमोजिम रिपोर्ट पेश गरेको बताइन्छ । पेशागत लापर्वाहीको लागि डाक्टरलाई कार्यवाहीको लागि मेडिकल सल्लाहकार समितिमा पेश गर्न विभागले निर्देशन दिएको बताइन्छ ।

अभियुक्त डाक्टरले भने फियोमा समस्या देखिएकोले फियो निकालिएको र अस्पतालका कर्मचारीले रिपोर्ट सच्याउन नमान्दा आफू परिबन्धमा परेको भन्दै आफ्नो तर्क राखेका छन् । यस अघि बिरामी नजाँची बिरामी जाँचेको शुल्क सुविधा इन्स्योरेन्स कम्पनीबाट लिएको अभियोगमा उनको लाइसेन्स ६ महिनाको लागि रध्द गरिएको बताइन्छ ।

हाल हङकङमा स्वास्थ्य क्षेत्रमा काम गर्ने जनशक्तिको ठूलो अभाव देखिएको छ जसले गर्दा कार्यवाहीमा परेका नर्स-डाक्टरहरुले पनि सजिलै अन्यत्र काम पाइरहेको अवस्था छ । यो समस्या निराकरणको लागि विदेशबाट दक्ष जनशक्तिल भित्र्याउने प्रक्रिया सजिलो बनाउने प्रस्ताव उठे पनि स्थानीयहरुको विरोधका कारण अघि बढ्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here