बिमार श्रीमतीको हत्या गरी आत्महत्या…

0
8

diamond hill tragedy

डिमेन्सियाकी बिरामी ५६ वर्षीया पत्नीको हत्या गरी अउ थरका ५८ वर्षे ब्यक्तिले आत्महत्या गरेको समाचार छ ।

श्रीमतीको बिमारले आजित भएका अउले आज बुधबार बिहान अउले पेटीले घाँटी कसेर श्रीमतीको हत्या गरेको बताइन्छ । श्रीमतीको हत्यापछि आफ्नो घरको १५ औं तलाबाट हाम्फालेर अउले आत्महत्या गरेका छन् । आफूले त्यस प्रकारको कदम चाल्नु अघि उनले आफ्ना दाजुलाई मेसेज पठाएको बताइन्छ, उनको दाजुले बिहान साढे सातमा उठेर मेसेज पढेपछि पुलिसलाई खबर गर्दा डाइमन्ड हिलको किङ इङ हाउसको गार्डनमा सेक्युरिटीले अउलाई मृत अवस्थामा फेला पारिसकेका थिए ।
विगत ३ वर्षदेखि उनकी श्रीमती डिमेन्सियाको बिमार थिइन् भने अउ आफू पनि छालाको बिमार रहेको बताइन्छ ।

२० वर्षदेखिको वैवाहिक जीवनलाई रोगको कारणले निराश भएर भ्यालेन्टाइन डे को भोलिपल्ट यसखालको नियतिमा अउले पुर्‍याए । तर जेसुकै  दुख  आइपरे पनि जिन्दगी जिउन लायकै छ भन्ने उनले बुझ्न सकेनन्, मृतक जोडीलाई श्रध्दाञ्जली!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here