बिनोदको ‘धन्यवाद’ यसरी बन्यो!

प्रकाशित मिति
0
161

परिवारमा नयाँ सदस्यको रुपमा भतिजको आगमन भएपछि परिवारमा छाएको खुसी भावलाई
गीतमा अभिब्यक्त गर्न बिनोद मेख्खुले प्रयास गरे । आफैंले लेखेकोमा चित्त नबुझेपछि उनले गीतकार साथीहरुलाई पनि आग्रह गरे, त्यसैक्रममा गीतकार डि के श्रेष्ठलाई पनि अनुरोध गरेका थिए । हङकङमै एकदिन बैंकको लाइनमा बसेको बेला अनुशीलले आफूले चाहे जस्तो शब्द उनलाई देखाए , संगीतको लागि तुरुन्तै  चर्चित संगीतकार कल्याण सिंलाई दिने उनीहरु बीच सल्लाह भयो ।अनि सिर्जना भयो – ‘धन्यवाद’ गीतको !

आफ्नो भावनालाई चित्तबुझ्दो रुपमा प्रस्तुत गर्न ३ वर्ष लागेको बिनोदको भनाइँ छ , यस दौरानमा गीतको संगीत संयोजनमा चित्त नबुझेर २-२ पटक काम गरिएको र हिमालयन टोन्समा स्वरांकन समेत दोहर्याएर गरेको उनी बताउँछन् । यस गीतमा गोपाल रसाइलीको एरेन्ज र मिन बिष्टको मिक्सिङ-मास्टरिङ रहेको छ ।

हालै म्युजिक भिडियोको रुपमा आएको यो गीतमा उत्सव दाहालको छायांकन र सोनाम पाख्रिनले निर्देशन गरेका छन् । ‘धन्यवाद’मा शैलेन्द्र थेबे, छुल्ठिम गुरुङ र डानियल प्रधानले अभिनय गरेका छन् ।
पारिवारिक सम्बन्धमा कथालाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा पाख्रिनले काठमाण्डौलाई लोडसेडिङ मुक्त पार्ने कुलमान घिसिङलाई पनि धन्यवाद दिन भ्याएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here