बाबा रामदेवले चोरे नेपाली वैज्ञानिकको कृति…

प्रकाशित मिति
0
93

18698842_10158671975635137_1022875891_o

बाबा रामदेवको कम्पनी पतंजलीले गोरुको शक्ति बाट बिजुली उत्पन्न गर्ने दावीका साथ “बुल पावर” को समाचार कान्तिपुरमा छापिए पछि नेपालका वैज्ञानिक रमेश चौधरी छक्क परे । गोरुलाई दाइँ गरे जसरी हिंडाएर उत्पन्न हुने शक्तिलाई डाइनामोको मध्दतले बिजुलीमा बदल्न सकिने आइडिया आएपछि त्यसको डिजाइन समेत तैयार गरी रमेशले “गोरु बत्ती” नामममा पेटेन्ट दर्ता गराएका थिए। उनले ८ साल अघि नै यस प्रविधिको पेटेन्ट नेपाल सरकारको उद्योगसँग विभागमा दर्ता गराएका छन् ।

18720909_10158667388695137_809547907_o

एकाएक बाबा रामदेवको पतंजली कम्पनीले २ साल अघिदेखि यसमा शोध गरेर कार्यन्वयन समेत गरेको र टर्कीको मल्टीनेशलन कम्पनीसँग सहकार्य समेत गरिरहेको भन्दै “बुल पावर”को समाचार भारतीय छापामा छाएपछि नेपालको कान्तिपुर दैनिकले समाचार उध्दृत गरेपछि रमेश दंग परेका हुन । आफूले बकाइदा पेटेन्ट गरेको आफ्नो बौध्दिक सम्पति यसरी चोरी भएपछि कसरी प्रतिक्रिया दिनुपर्ने उनी असमंजसमा छन् ।

18676590_10158667511080137_247258627_o

 

बारा स्थाई घर भएका इन्जिनियर रमेश चौधरी पूल्चोक इन्जिनियरिङ क्याम्पसमा रोबोटिक्स सिकाउँछन्,  डेढ दशक अघि उनी त्यहाँ विद्यार्थी छँदा जापानमा भएको रोबोट प्रतियोगितामा रमेशको  नेतृत्वमा सहभागी टोली पुरस्कृत समेत भएको थियो । मेकानिकल इन्जिनियरीङमा मास्टर्स गरेका रमेश पूल्चोक क्याम्पसको मेकानिकल विभागका प्राध्यापक हुन् ।

 

८ साल अघि नेपालमा दर्ता भएको पेटेन्ट कसरी रामदेवको पतन्जली पुग्यो? यसरी एक युवा वैज्ञानिक माथि भएको अन्यायमा नेपाल सरकारले छानबिन र केही कार्यवाही गर्छ कि गर्दैन? नत्र यसरी २ हजार शुल्क तिरी तिरी पेटेन्ट दर्ता के को लागि गराउने हो? रामदेवसँग टुँडीखेलमा बसेर भुँडी सुर्काउने-फुकाउने देशका नेताहरुले केही गर्लान् भन्ने आशा गर्नु बेकारै होला, हगि?

 रमेश चौधरी
रमेश चौधरी

राष्ट्रिय दैनिकले नै नेपाली वैज्ञानिकको कृति भारतीय साधुको पोल्टामा पार्न मध्दत गरेपछि रमेशलाई न्याय दिलाउन अब हामी पाठकले नै सामाजिक संजालमा हो-हल्ला मच्चाई सम्बन्धितहरुलाई घच्घचाउनुपर्छ होला, त्यसैले यो समाचारलाई फैलाउन मध्दत गर्नुस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here