बानिकालाई सुनेर – निरज राई

प्रकाशित मिति
0
42

image

दार्जीलिंगे सङ्गीतको इन्द्रेणी माहोलमा हुर्किएकी
बानीकाको गायिकीको बिषयमा थोरबहुत जानकारी भएता पनि हेम लावतीको “निभाउन नआउनु आगो” गीति एलबमको बिमोचन कार्यक्रममा उनलाई लाइभ सुन्ने मौका पाइयो।
“भान्जा! तानपूराको एकल सुरमा रियाज गरेको स्वरको स्वादनै निख्खर हुन्छ,” बानिकाको गीत सुने पछि गायक ज्ञान सुब्बाको प्रतिकृया यस्तो थियो। ज्ञान र बानिका दुवै नै सङ्गीतमा अनुशासनलाई महत्वपूर्ण ठान्ने भएकोले यी दुईले एक अर्काको गायिकीलाई नजिकबाट बुझ्ने नै भए। सुरिलो तथा निखारिएको स्वर, गहिरो भाब,अनि भर्सटाइल गायन गायिका बानिकाको सांगीतिक परिचय हो र यस्का साथै बिमोचनको साझ आफुलाई रेकर्डेड र लाइभ दुवैमा पक्षमा अब्बल साबित गरीन बानिकाले।
सबै भन्दा बिस्मित चै उनले आफ्नै हिन्दी गजल गाउदा बने श्रोताहरू। तर होङकोङमा हुने एकल साझमा मातेका दर्शकहरूलाई अलिक उत्तौलो गीत गाइदिनु पर्ने बाध्यताको अघि यस्ता गम्भीर गजल सुनेर रम्ने श्रोताहरूको उपस्थिति औलामा गिन्ती गर्न मिल्ने थियो, त्यसैले बिमोचनको उलासमय माहोलमा बानिका जस्ति गम्भीरता पूर्बक एकाग्र भएर सुन्नु पर्ने गायिकाको प्रस्तुतीको पूर्णरूपले लूफ्त उठाउन सम्भब थिएन। तर जति सुनियो त्यसले उनलाई मग्न भएर सुन्नै पर्ने लोभ जगाइदियो। र लोभिने मा म मात्रै थिइन रछु, गुरु दिनेश सुब्बा, गायक ज्ञान सबै नै लोभिएका रछ बानिकालाई सुन्न।र सबैको सल्लाह पछि हिमालय टोन्सको आयोजनामा 24 /10/2015 मा बनिकाको एकल प्रस्तुतीको लागि कार्यक्रम तय भयो। image

हो! यिनै बानिका माथिको मितिमा आफ्नो स्वरको माधूर्यता पस्कदैछिन र उसलाई साथ दिदै छन निरोज लामा ज्ञान सुब्बा र राज तामाङले।। धेरै पछि यस्तो गायिकी सुन्न पाइने अवसर जुर्दैछ। तपाईं पनि उपस्तिथ हुने हो कि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here