बाँधेर यातना दिएको अभियोगमा २ प्रहरी पक्राउ..

प्रकाशित मिति
0
1300
विधायक लाम र पीडितका छोराहरु!

हङकङ पुलिसका दुई प्रहरीहरुले मापसे गरेका ब्यक्तिलाई पब्लिक हस्पिटलमा बाँधेर यातना दिएको अभियोगमा २ प्रहरी जवानलाई आज पक्राउ गरिएको छ ।

२५ जुन राति ११ बजे सेङ सुई मा मातेर पुलिसलाई बदमास पुलिस भन्दै दुर्ब्यवहार गरेको अभियोगमा ६२ वर्षे चुङलाई पुलिसले पक्राउ गरेको बताइन्छ ।
उनलाई मध्यरातमा नर्थ डिस्ट्रिक्ट हस्पिटलको मानसिक रोगीलाई उपचार गरिने कोठामा राखेर हत्कडी लगाएर बेडमा बाँधी टाउको, जीउ र गुप्ताङ्गमा लठीले हिर्काउनुको साथै “बदमास पुलिसले यस्तो गर्छ” भन्दै गाली गलौज गरेको बताइन्छ ।

छुटेर आएपछि आफ्नो परिवारलाई घटनाको बारेमा बताएपछि पीडित चुङका छोराहरुले अस्पताल प्रशासनसँग सेक्युरिटी फुटेजको माग गरेपछि उपलब्ध गराएको बताइन्छ । उनीहरुले प्रहरी ज्यादती विरोध प्रहरी कार्यालयमा उजूरी दिए पनि हाल सम्म कुनै सुनुवाई नभएको बताइन्छ ।

घटनाको भिडियो डेमोक्रेटिक पार्टीका विधायक लामलाई उपलब्ध गराएपछि विधायकले प्रहरी प्रशासनलाई प्रश्न गरेपछि आज मंगलबार घटनामा संग्लन २ प्रहरीलाई पक्राउ गरिएको बताइन्छ । चलिरहेको आन्दोलनसँग बिल्कुलै असम्बध्द यस घटनाको भिडियो हङकङ प्रहरीको हिंसात्मक र दमनकारी शैलीको दृष्टान्त रहेको आरोप लामले लगाएका छन् । प्रहरी प्रवक्ताले घटनाको छानबिन गर्दै दोषीमाथि कानुन बमोजिम कार्यवाही गरिने बताएका छन् ।

जुन २६ मै भएको अर्को घटनामा चेङ सा वान पुलिस स्टेसनमा फुटबल ग्राउन्डमा फेला पारिएर बुझाइएको ४ लाख २५ हजार डलर पर्ने रोलेक्स डिउटीमा रहेका पुलिस जवानले साटेर नक्कली राखेको अभियोगमा मुध्दा खेपिरहेका छन् । स्पष्टीकरणमा उनले सक्कली रोलेक्स आफूले हराएको हुनाले नक्कली राखिदिएको बताएका छन् ।

हुन त नेपाल प्रहरीले त दिन दहाडै ठाडै डन्डा ठोक्छ कि तर विश्वमै उत्कृष्ट मानिने गरेका हङकङ प्रहरी पनि यी र यस्तै घटनाहरुले गर्दा “आई सपोर्ट एच के पुलिस” कसरी भन्ने होला हाम्लाई धर्म संकट लाइराछ, तपाईंलाई के लाइहराछ बताउनुस् है!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here