बच्चा पिट्ने महिलालाई जेल..

प्रकाशित मिति
0
160

kowloon_city_law_courts_4

हिंजो काउलुन सिटी कोर्टले ८ वर्षे बालिकालाई थप्पड हानेको र मुखमा खुर्सानी दल्दिने ३१ वर्षे फिलिपिना महिलालाई २ महिना जेल सजाय दिइएको छ ।
बालिकाको आमा अलग्गै बस्न थालेपछि रेनी नाम गरेकी ती फिलिपिना महिला २०१४ सालदेखि से किप मेइ स्थित घरमा बालिकाको हेरचाहको लागि जागिरमा राखिएकी थिइन् । गत साल जनवरीमा नुहाउन नमानेको भन्दै रेनीले बालिकालाई ३ थप्पड हानेको र धुलो खुर्सानी छ्यापिदिएको स्वीकार गरेकी थिइन् ।
बालिकाले आमालाई फोन गर्दागर्दै फोन पनि काटिदिएको बताइन्छ । ३ दिनपछि आमाले घटनाको बारेमा थाह पाएपछि पुलिस लगाएकी थिइन् ।

हामी पनि कति बच्चाहरुको हेरचाह गर्ने काम गर्छौं , कहिलेकाहिँ रीस उठाउँछन् तर रीस उठ्यो भन्दैमा आफ्नोलाई पनि यातना दिनु हुँदैन। अरुको लाई त झन कुरै भएन । हेर्नु त ३ थप्पडको ९ हप्ता भनेपछि १ थप्पडको  ३ हप्ता पर्ने रहेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here