फोल्डिङ् टेबलमा च्यापिएर बालकको मृत्यु

हिंजो साइ इन पुनको वेस्टर्न स्ट्रिटको एक अपार्टनमेन्टमा फोल्डिङ् टेबलमा च्यापिएर एक ४ वर्षे बालकको मृत्यु भएको समाचार छ ।

घटना हुनु पूर्व बेलुकी ७ बजेतिर सिटिङ रुममा एक्लै खेल्दै गरेको बालक थिए, एक्कासी टेबल लडेको आवाज सुनेर बालककी आमा कोठामा हेर्न आउँदा फोल्डिङ टेबलको कापमा बालक च्यापिइरहेको पाए ।
उनले आत्तिएर गुहार मागेपछि छिमेकीले पुलिसलाई खबर गरिदिएको बताइन्छ । उध्दार टोली आउँदा बालक अचेत अवस्थामा पाए, उनलाई साँझ साढे आठ बजे अस्पतलामा मृत घोषित गरियो । बालकको गर्धनमा टेबलको खुट्टाको छाप V आकारमा बसेको पाइएको बताइन्छ । घटनालाई दुर्घटनाको रुपमा वर्गीकरण गरिएको छ ।

यस किसिमको घटना हङकङमा पहिले पनि भएको बताइन्छ , जसले गर्दा फोल्डिङ् टेबलमा सेफ्टी लक् राखिने गरिएको पाइन्छ । टेबल फैलाएर राख्दा वा फोल्डिङ् गरेर राख्दा सेफ्टी लक् लाउने गरे यस्ता अप्रत्याशित घटनाबाट बच्न सकिन्छ होला । हाम्रो सानो होशियारीले साना बालबालिकाको ज्यान जोगिन सक्छ होला ।

हङकङमा यस्तो टेबल प्रायः सबैकोमा हुने गर्दछ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *