फोन गरेर हैरान पार्ने महिलालाई जरीवाना …

प्रकाशित मिति
0
71

२ दिनमा ८४३ पटक फोन गरेर हैरान पार्ने ७१ वर्षे प्रौढ महिलालाई काउलुन सिटी मेजिस्ट्रेटले १ हजार डलर जरीवाना गरिएको छ।

वोङ ताइ सिनको चुक युन रोड अवस्थित तिन मा कोर्ट बस्ने ती महिलाले गत साल अक्टोबर ३० र ३१ तारीख गरी दुई दिन स्टेट मेनेजमेन्टको कार्यालयमा तारम्तार फोन गरेकी थिइन् ।
५०० पटक मेनेजरले उठाएको तर धेरै जसो गरेर ब्ल्याङ्क कल गरिएको र केही पटक भने महिलाले तथानाम गाली गरेको बताइन्छ ।

मेनेजरसँग रीस उठेको कारणले उनले त्यसो गरेको बताइन्छ । यस अघिको मेनेजरसँग पनि उनको झगडा भैसकेको बताइन्छ ।
अभियुक्त महिलालाई न्यायधीशले उनको घरको टेलिफोन लाइन जफत गराउनुको साथै फेरि यसो गरेमा मानसिक जाँच गराउन पठाउने चेतावनी दिएका छन् ।

८४३ पटक फोन गरेर मेनेजरलाई फोफोले सानोतिनो टेलिफोन आतंकै सिर्जना गरिछन् तर १ हजार डलर जरीवाना तिर्नुपरेछ, अर्कोतिर टेलिफोन बिल त छँदैछ ।

श्रीमान २-४ घन्टा ढिलो घर आउँदा फोन लगाइहाल्ने श्रीमतीहरुले पनि सचेत हुनो हो कि 😉 हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here