फेसबुक लाइभ गर्दा जेल

0
6

images (3)

आफूले देखभाल गर्ने बच्चाहरूलाई नुहाइदिँदै गरेको भिडियो फेसबुकमा लाइभ गरेपछि २८ वर्षकी इन्डोनेसियन हेल्पर युवतीलाई पुलिसले पक्राउ गरेको छ।

गएको शुक्रबार साँझ नर्थ प्वाइन्टको इलेक्ट्रिक रोड स्थित फ्ल्याटमा उनले ७ र ८ वर्षका बालक र बालिकालाई नाङ्गै नुहाइदिएको १७ मिनेट लामो भिडियो फेसबुक पेजमा लाइभ गरेकी थिइन् ।
भिडियो खिचेको आशंकामा एक बच्चाले भिडियो नखिच्नु भन्दा उनले खिचेको छैन भनेर झूटो बोलेकी बताइन्छ ।

हिंजो सोमबार बच्चाहरूका आामाले थाहा पाएर पुलिस रिपोर्ट गरेपछि चाइल्ड पोर्नोग्राफीको अपराधमा उनलाई पक्राउ गरिएको हो ।

 

आजकाल सेल्फी खिच्ने र लाइभ भिडियो गर्ने प्रचलन  सबैतिर ब्यापक छ तर कतिलाई भने यसले लती नै बनाएको छ । तर होस नपुर्‍याए यसरी जागीर जानुको साथै कानुनी फन्दामा पर्न सकिने ररहेछ, है त!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here