फेरि कुरा मिलेन.. ज्यानमारा अभियुक्त खुल्ला!

प्रकाशित मिति
0
4051

गत साल छुट्टीमा ताइवान लगी आफ्नी गर्भवती गर्लफ्रेन्डको हत्या गरी भागेर हङकङ आएका चान तोङ काइ आज क्लियर वाटर बेको जेलबाट छुटे । उनले हत्या ताइवानमा गरेको हुनाले हङकङमा १९ वर्षे अभियुक्तलाई हत्याको नभई मृतकको पैसा, फोन र क्यामेरा चोरेको अभियोगमा २९ महिना जेल सजाय दिइएको थियो , असल आचरणको कारणले उनको सजाय अवधी छोट्याई १८ महिना गरिएको थियो । हङकङको कानुन अनुसार चान भोलि मुक्त हुने भएपछि हत्याको अभियोगमा मुध्दा कसले चलाउने भन्नेबारे दुई सरकारबीच विवाद चलिरहेकै छ । अपराधको घटनामा राजनीति नघुसाइकन आत्म समर्पण गर्न इच्छुक अभियुक्तलाई ताइवान आउन दिएर न्यायिक कार्यवाही गर्न ताइवानलाई हङकङले आग्रह गरिरहेको छ भने हङकङले कार्यवाही गर्न अनिच्छा देखाएको भन्दै अभियुक्तलाई हङकङबाटै ताइवान सरकारका प्रतिनिधिहरुले पक्राउ गरेर लैजाने प्रस्ताव गरेको थियो ।

तर अभियुक्तलाई हङकङबाटै ताइवान सरकारका प्रतिनिधिहरुले पक्राउ गरेर लैजान दिने मागलाई हङकङले अस्वीकार गरेपछि फेरि कुरा मिलेन । हङकङमा चोरीको अभियोगको सजाय काटेर निस्केपछि चान स्वतन्त्र नागरिक रहेको भन्दै उनलाई हङकङको कानुन अनुसार ताइवान सरकारलई बुझाउन नमिल्ने बताएको छ । उनी आफै स्वेच्छाले आत्मसमर्पण गर्ने निर्णयमा रहेकोले उनलाई ताइवान जानको लागि भिसा दिन हङकङले सुझाव दिएको छ । तर एक जघन्य हत्याको अभियुक्तलाई अरु सामान्य नागरिकहरुसँग एउटै प्लेनमा यात्रा गराउन अन्यको लागि सुरक्षाको खतरा हुनसक्ने भन्दै चानलाई हङकङबाट गिरफ्तारी गरेरै लैजानु दिनुपर्ने ताइवानको माग रहेको थियो ।

चानले जेलबाट निस्केपछि आज पत्रकारहरुसँग बोल्दै आवेगमा आएर आफूले गरेको अपराधको लागि मृतकको परिवार र संपूर्ण हङकङ समुदायप्रति माफी मागे । आफ्नो गल्तीको बावजूद पनि परिवारले साथ दिएकोमा कृतज्ञता प्रकट गरे , आफूले गरेको अपराधको सजाय भोग्नको लागि ताइवान सरकार समक्ष चाँडै प्रस्तुत हुने उनले बताए ।

यदि चान फरार भएमा त्यसको जिम्मेवार हङकङ सरकार रहने चेतावनी ताइवान सरकारले दिएको छ । हत्याको अभियुक्त हङकङमा खुल्ला घुमिरहेको यस अवस्थामा सुपुर्दगी कानुनको अभाव टड्कारो खट्किरहेको छ, तर मकाउ र ताइवानसँग मात्रै यस्तो कानुन ल्याएको भए यत्रो हंगामा हुने नै थिएन होला , हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here