फायर फाइटरमाथि बलात्कारको आरोप!

प्रकाशित मिति
0
173

barfly-Cave-Bar

गत शुक्रबार मंकोकको एक बारमा भेटिएकी २१ वर्षे युवतीले २९ वर्षे फायर फाइटरलाई बलात्कारको आरोप लाएपछि युवकलाई पुलिसले शनिबार पक्राउ गर्‍यो।

माइ पो फायर स्टेशनमा कार्यरत रहेका त्यस युवकले आफूलाई चिम सा चुई होटलमा बलात्कार गरेको उजुरी शनिबार दिउँसो सामाजिक कार्यकर्तालाई दिएकी थिइन् । सामाजिक कार्यकर्ताले पुलिसलाई रिपोर्ट गरेपछि पुलिसले युवकलाई उसको ङाउ थाउ कोक स्थित घरदेखि गिरफ्तार गरेको थियो ।
प्रारम्भिक अनुसन्धानपछि उनलाई धरौटीमा छोडिएको छ । फायर सर्भिस डिपार्टमेन्टले आफ्नो कर्मचारी पक्राउ परेको कुरा स्वीकारेको छ ।

मुध्दाको सुनुवाइमा पक्कै युवकले आपसी सहमतिमा शारीरिक संपर्क भएको भन्नेछ भने युवतीले बलात्कार जिकिर गर्नेछिन् । यतिबेला भने ङाउ थाउ कोकमा लागेको आगो निभाउन बहादुरी देखाए पश्चात हङकङेली जनताले वाहवाही गरिरहेको बेला ङाउ थाउ कोकमै बस्ने फायर फाइटरले डिपार्टमेन्टको शान घटाएकै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here