प्लेनमा पाकेटमार देखि सावधान!

प्रकाशित मिति
0
31

chinese thief

गत सोमबार टर्कीको इस्तानबुलबाट बैंककको लागि उडेको प्लेनमा चोरी गरेको भनी एक चिनियाँलाई बैंककमा पक्राउ गरिएको छ ।

चीनको हेनान प्रान्तका मा ले प्लेनभित्र अर्को यात्रुको ओभरहेड लगेज खोतल खातल पारेर ४२ हजार हङकङ डलर बराबरको युरो पैसा झिकेका थिए । अरु यात्रीहरुले देखेपछि पुलिस रिपोर्ट गरिएको थियो र बैंककमा प्लेन ओर्लेपछि थाई पुलिसले पक्राउ गरेको थियो ।

उनले शुरुमा आरोप अस्वीकार गरे पनि अरु यात्रुले खिचेको भिडियो प्रमाण देखाएपछि अपराध स्वीकार्न बाध्य भए ।

अब त चाँडै प्लेनमा पनि लेखेको देख्न पाइने होला – “पाकेटमार देखि सावधान!”,”आफ्नो सामानको हिफाजत आफैं गर्नुहोला”, आदि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here