प्राचीन विजयपुरको ऐतिहासिकता – राजबिक्रम चाम्लिङ (होनिवा)

प्रकाशित मिति
0
196

vijayapur

नेपालको अन्तरिम संविधानको घोषण सगै आएको क्षेत्रिय मुक्तिको सवालमा प्राचिन विजयपुर राज्य पनि आएको थियो । हालको पूर्वि नेपाल कोशी र मेचिमा पर्ने भु–भाग सुनसरी, झापा धनकुटा विहारको जलाल गढ सम्म पर्ने थियो । विजयरारायण राज्य सगै ओगटीएको धनकुटाको बुढि मोरङ र हालको मोरङ जिल्ला नाम र पहिला एउटै राज्य थियो मात्र यो हो की त्यो माथिल्लो मोरङ भाग यो तल्लो मोरङ भुभागमा थियो । मुरेहाङले विजयपुरको तल्लो भु–भाग मोरङ जिल्ला र विहारको केहि भाग समेटेर शासन गरेका थिए । यो कसले किन शासन गरेर खोज्नु, त्यो प्राचिन समयमा गरिएको इतिहास दोहोर्याउन हैन त्यो सम्झनालाई अभिलेख बनाएर संग्रह गरी राख्नु हो । आधुनिक नेपालको एकात्मकरणले गर्दा नेपालमा रहेका एक सय भन्दा बढी जातीको भाषा, लिपी ,संस्कार धर्मलाई पुरै विनास गरेको छ । एकतान्त्रिय शासनले गरेको दमनको विरोध राष्ट्र गणतन्त्र स्थापना सगै देशको हरेक क्षेत्रमा दमनमा परेको हरेक कार्य लगभग सय जातिय मुक्ति पनि एक प्रमुख समस्या रहन गएको छ । जसमा पूर्वीय स्वतन्त्र राज्यको रुपमा शासन प्रणली चलाई रहेको बेला पृथ्विनारायण शासको आक्रमणमा परेर विजयपुर राज्य उनकै अधिनमा परेको थियो । पृथ्विनारायण शाहको धार्मिक एकात्मकरण गर्ने क्रममा विजयपुरलाई साउनको अन्न बालिको खेति गर्ने समयमा झुक्काएर साउनमा आक्रमण गरेर विजयपुर राज्यलाई गोर्खालाली सामाज्यबादको पैतलामा गाभेको थियो । यो गोर्खा राज्य विस्तार गर्ने क्रममा त्यस ठाउमा ऐतिहासीकता जोडिएको धर्म, संस्कार, रहनसहन, पोषाक, लिपी सामाजिक भाइचारालाई ध्वस्त पार्दै एकलौटि एकतन्त्रिय तानाशाहाको रुपमा राज्य ब्यावस्था चलाएका थिए । जलसे गर्र्र्दा हाल सय भन्दा बढी आदिबासीको पहिचान समाप्त हुनमा अन्तिम चरणमा पुगेका छन । जुन नाममा मात्र सिमित छ । यसैको सेरेफेरोमा बसेर प्राचिन विजयपुर राज्यको अन्तिम हाङ र त्यसको शासन प्रणाली, भुगोल बारे ब्याख्खा गरिएको छ ।

 

नेपालको ऐतिहासीक धरातलमा उभिएर हेर्दा किरात कालिन सभ्यता सेरेफेरोमा चलि आएको रहन सहन संस्कारलाई अंगाल्दै सर्वभौमसम्पन्न प्राचिन विजयपुर राष्ट्र थियो । विजयपुर राज्य गोर्खा सग सम्झौता गरेको थिएन, तसर्थ पटक–पटक आक्रमण पश्चात पनि एकल धर्म शासन प्रणाली हुदा समेत आÏनो धर्म मुन्दुम मान्न किरातीहरुले मनाउन विजयपुर जंगलमा अवस्थित बुद्धिकर्ण दरवार आस पास साकेला मनाउन आएको प्रमाणबाट यो किरात इतिहास जोडिएको हो भन्ने पक्का प्रमाण छ । आदिम काल देखी ढुङगे युगको प्रकृती सँगको लुकामारी गर्दै धेरै उकाली ओराली पार सगै कान्तिपुर उपत्याकाबाट किरात कालिन अन्तिम हाङ राजा गस्तिको समाप्त पश्चात किरात उपत्याका छाडी पुर्वि नेपालमा सलबलाएको थियो । भ्याल्लिको शक्ति गोपाल बंशी शासक उपत्याका शासन गर्नमा सितित भए । साथै उ सँग पुर्वमा सशक्तरुपमा रहेको किरात राज्यलाई लडेर आफ्नो अधिनमा राख्न सक्दैन थिए । पुर्वमा भने भुगोल खोसिए पनि बाकी रहेको भुगोलमा रमाउन किराती सिमित भए ।

 

नेपालको इतिहासमा लेखन कार्य त्यती पुरानो छैन । नेपालको इतिहास बारे पुरानो सोध कर्कपेट्रिक द्धारा सन १७९३ प्रकाशित पुस्तकालाई मानिन्छ । तत् पश्चात देशी विदेशी लेखकले नेपाली इतिहासबारे सन् १८१९ मा हेमिल्टन, डानियल राईट सन १८७७, सिल्भार लेभि सन १८८८, मान्सिटाई सन १९०६, पर्सिभल लेण्डन सन १९२६, ढुण्डिराज भण्डारी सन १९५७, योगी नरहरीनाथ सन १९६५, इमानसिङ चेम्जोङ सन् १९६७, सदर चन्द दास, सुनितिकुमार चटर्जी, डा. हर्क गुरुङ, शत्यमोहन जोसी, शिव कुमार श्रेष्ठ लगायतले नेपालको इतिहास बारे अनुसन्धान गरी इतिहासलाई सार्वजानिक गरेका थिए । हाल सम्म प्राप्त भएको सबैभन्दा पुरानो प्रमाणित किताब शाही गोर्खाली राज्यले विजयपुरलाई नियत्रण गरेको उन्नाइस बर्ष पछी नेवा नेपाल आएका कर्कपेट्रिकले ब्अअयगलत या तजभ पष्लनमयm या ल्भउब िप्रकाशन गरेको किताबमा पुर्व नेपालमा रहेको विजयपुर इतिहास बारे महत्वपुर्ण तथ्य सार्वजानिक गरेको छ ।

 

इमानसिङ चेम्जोङले किरातकालिन विजयपुरको इतिहास पुस्तकमा अनुसन्धान कर्ता हेमिल्टनको प्रमाणलाई चेम्जोङले अझ प्रष्टाएको छ । विजयपुरको इतिहासका हाङकालिन दरवार, स्तम्भ, मानव निर्मित कुनै बस्तु साधन नरहे पनि ती प्राचिन रहन–सहन, संस्कृति परम्परा भने अति नै प्राचिन भन्दा प्राचिन संस्कारले विजयपुर भरिभराउ छ । हेमिल्टन पुस्तकलाई प्रथामिकता दिदै तत्कालिन श्री ५ को सरकार सुचना मन्त्रालयले “मेचिदेखी महाकाली भाग–१” जसमा पुर्वाञ्चल विकास क्षेत्रमा विजयपुरको इतिहास चर्चा गरेको छ । पुर्वाञ्चल क्षेत्रमा रहेको विजयपुर बारे नेपालमा रहेको बुद्धिजिबी, लेखकलाई किरात राज्यले चलाएको शासन ब्यावस्थालाई नजिकैबाट नियालेको छ । विजयुरको इतिहास कुनै मनोगणन्ते पुराणमा भएको नभई यहाको संस्कार र संस्कृतीले जिउदो प्रमाणको रुपमा हाङ बुद्धिकर्ण दरवार गढीडाडामा कुदिएको चट्टान हेर्दा हालको धरान उप–महानगरपालिका १४ नम्बर वार्डको मध्यभागमा यत्रतत्र छरिएर रहेको छ ।


गोर्खाको एकात्मकरण २ क्रममा मध्यभागको खम्बु किरात राज्यलाई हडप्दै पुर्व लिम्बुसग सन्धि गरेका थिए । नेपालमा जेलनेलपरेका डा. हर्क गुरुङले पनि विजयपुरको इतिहास कालमा भएको धर्म, संस्कारलाई अझ प्रष्टाउन सफल भएका छन । लिम्बुवानको भाषा धार्मिक रहन सहनको मंगोल इतिहास किताबमा पुरै ब्याख्या गरेका छन । डिल्लीरमण रेग्मीले विजयपुरमा भएको इतिहासमा आदिबासी किरात लिम्बुको बारेमा आर्य नश्लका भएर पनि सत्यता बाहिर सार्वजानिका गरेका छन । अर्को फ्रान्सेली अनुसन्धान कर्ता सिल्भा लेभीले काठमाण्डौ आएर महिनौ सम्म बसेर नेपालको पुरानो नक्सा अनुसार टिस्टा देखी कागडा सम्मको नक्सा नियालेका थिए ।

 

उसले आफुलाई लागेको अनुभुतलाई le nepal : etude historique d’ un royaume hindou (नेपाल हिन्दु अधिराज्यको इतिहास) हिन्दु धार्मिकता शासन ब्यावस्था हुदा समेत नेपालको पुर्वि भुभागमा लिम्बु-खम्बुको शासन प्रणली भएको विजयपुर राज्य थियो भन्ने प्रष्ट लेखिएको छ । सि.एम. देवान(याख्खा)को २०६० मा प्रकाशीत विजयपुरे बुद्धिकर्ण किरात पुस्तकमा बिजयपुरको वर्णन गरेका छन । धरानकै इतिहासविद्, पत्रकार, इतिहासको अध्यापन गराउने क्याम्पस प्रोफेसरहरुलेसमेत रुचाएको विषय, थाहा नै नभएको विषयको प्रस्तुत गरेका हुन् । यो विजयपुरको ऐतिहासीक पाटाको अनेकन लेखकहरु भएता पनि यसको चुरकुरो एउटै देखिएको छ । किरात कालिनी विषय पश्चिमबाट आएको गोर्खे शासकले पटक–पटक जालझेल गर्दे आक्रमण गरेर पुर्वमा रहेको माझकिरात खम्बु क्षेत्र मात्र हो ।

 

विजयपुरको स्थापना विजयनारायणले गरेका हुन उ राजा साङलाइङको सातै सन्तान पुस्ताका हुन । साङलाइङका सिमाना बृहत थियो । उनको मृत्यु पछी उनको छोरा मोरोङले यो तराईको राजगद्दी समालेका थिए । ज्यादै चतुर भइकन पनि बढी विलासीतामा रुमने चालचलन थियो । शिकार खेल्न, मनोरञ्जनमा सुरासुन्दरी सग विलयन हुने गर्थे जुन किरात राजशासनमा त्यो मान्न हुन्न थियो । दरवारमा तनाब हुन थाल्यो । गुठ उपगुठ तथा चर्काचर्कीले तातीराखेको बेला तत्कालीन कासीबाट आएको जोगीको बाणी यो किरात धर्ममा भन्दा बढी ठालु ठालु राजपरिवारमा सुख मोस्ति देखिने चाहाले आफु हिन्दुमत ग्रहण गरे । बाहुन कर्ममा रमाए जहा राजामहाजालाई इश्वरी शक्ति देवीदेवता समान हैसियत दिन्छ । स्वर्गको राजा इन्द्र समान्य एउटा शासकलाई देवताको पदावी दिएको देखेर पनि होला हिन्दु पुरोहित प्रति ध्यान केन्द्रित गरेका हुन ।

 

आÏनो पुरानो नामलाई हटाइ अमर राय राखे । त्यस समय पछी मोरङ प्रदेशको किरात लिम्बु हाङ राजा पुङलाइङ अमर राय नामले चिनीन परिचित हुन थाले । पुङलाइङ हाङ राजा पछी मोरङमा उनको छोरा र्कीतिनारायण राय, उनी पछी उनकै छोरा अपनारायण राय, उ पछि उनका छोरा जारेनारायण राय उ पछी उनका छोरा इङदिननारायण राय, उ पछी उनको छोरा विजयनारायण रायले मोरङमा शासन गरेका थिए । जम्मा सात पुुस्ताले शासन गरेको र सबै आÏनो पुर्खाले अंगिकार गरेको धर्म अनुसरण गरे पनि सबै तिथी मिती भने परित्याग गर्दे अघि बढेको देखिन्छ ।
विजयनारायणको सम्बन्धको तत्कालीन काशी तिर आर्कषण भन्दा भनि उत्तरी लिम्बुवान फेदापथुमको मुरेहाङ खेवाङ हाङ (राजा) सँग मित्रका कायम गरी बढ्ता आउजाउले सागुरी गडिको चिस्यान मनपराएको र सुरक्षि देखेर विजयनारायणले हालको धरान १४ विजयपुर डाडालाई शहर बसाउने काम गरे र नाम विजयपुर नै रहन गयो ।

 

यो विजयपुरको प्राचिन भुमिमा आई आफ्नो उज्वल भविष्यको लागि अध्यान, रोजगार, ब्यावसायको सिलसिलामा आई बसोबास गर्नेले याहाको बारेमा यसरी ब्याख्खा गरेका छन । याहा खम्बु (राई) लिम्बु बस्न हुन्न, अफाब हुन्छ भन्ने प्रचार गर्ने गरेको कुरामा सबै सहमत छन । याहाको इतिहास सत्य तथ्य थाहा पाए फेरी विद्रोह झै–झगडा हुन्छ भन्ने हेतुले यस्तो हुइया छरेको जसको कारणले बसोबासको व्रmममा वाताबरणीय दृष्टीले रमणीय ठाउ विजयपुर हुँदाहुँदै पनि बाजोगार वा जोर सखुवाको खोला छेउ तिर किनेर बसे । धरानमा खम्बु लिम्बुको बसोबास बृटिस गोर्खाको भर्ति पुर्वकै प्रमुख केन्द्र यही खोलिनु, निरंङकुश राजतन्त्र, जहानिय राणा शासन भुमि स्वामित्वले खोसि सके पछि भित्री विद्रोह र वाहिरी आत्मा सर्मपण जस्दै ब्यापारीक कारोवार लागी पुन धरानमा पुर्नबसोबास र बहुसंख्यक यही एक सहमतिका आधारमा बसेका थिए । हाल जनसंख्याको आधारमा पनि धरानमा उप–महानगरपलिकामा हाल सबै जाति र समुदाय भन्दा पनि बढी खम्बु (राई) र लिम्बु जाति नै छन ।

 

धरान उप–हानगरपालिका वडा नं २० निवासी मनसरी राईको भनाई यस्तो छ–“यो ठाउका सुरुमा बुद्धिकर्ण दरवार वरिपरी इटाको दरवार थियो । वरीपरी खुला थियो । धनकुटा बुढीमोरङ, राजारानी छनम्बर बुधवारे, धनकुटा, धारापानीका लिम्बु÷ राईहरु आउजाउ गरिराक्थियो, आएर पुजा पाठ गर्ने बर्षमा मंसिरे पुर्णे र बैशाखे पुर्णेमा साकेला पुज्न नाछुम आउने र्गिर्थयो, शुक्रबार हाट पुरानो बजार भर्न आउने जमघट हुने र पाति चढाउने गर्थियो । लिम्बु वा खम्बुको दरवार भन्दैन थियो प्राचिन किरात भुमी र हाम्रो पुर्खा हो र उसलाई पुज्नु पर्छ भन्ने भनाई मात्र आउ थियो ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here