प्रहरीलाई आक्रमण गर्ने अभियुक्तको घरबाट सुसाइड नोट…

प्रकाशित मिति
0
831

कुन्तोङमा प्रहरी गस्ती गरिरहेको बेलामा टोली नाइके ४३ वर्षे सर्जेन्ट ल्योङलाई गर्धनमा पेपर कटरले रेट्ने १९ वर्षे छात्र टिम हुईको घरमा प्रहरीले तलासी लिँदा उनको सुसाइ नोट फेला पारेका छन् । उक्त सुसाइड नोटमा आफ्नो मृत्युपछि आफ्नो काजकिरिया गर्नु नपर्ने कुरा परिवारलाई सम्बोधन गरेर लेखिएको बताइन्छ । अभियुक्त न्यु टेरिटोरीको डि ला साल सेकेन्डरीमा सेकेन्डरी सिक्सका विद्यार्थी रहेको बताइन्छ । उनलाई भाग्न सघाएको आशंकामा पक्राउ गरिएकी महिलालाई भने बिना कुनै अभियोग छोडिएको छ ।

घाइतेँको गर्धनमा ३-४ सेन्टिमिटर गहिरो घाउ लागेको बताइन्छ भने अभियुक्तलाई ज्यान मार्ने प्रयास गरेको अभियोगमा जन्मकैद सम्मको सजाय हुन सक्ने बताइन्छ ।

हङकङको आन्दोलनमा स्कूले कलिला विद्यार्थीहरुले आफ्नो ज्यानको बाजी थापेर यसरी सुसाइड नोट नै लेखेर मैदानमा उत्रिनु निश्चय नै चिन्ताजनक कुरा हो । तर यस विषयमा न सरकार संवेदनशील हुन सकेको छ न त उनीहरुलाई परिचालित गर्ने लोकतन्त्र पक्षधरहरु!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here