प्रहरीको चोरी पक्राउ !

प्रकाशित मिति
0
1137

हङकङ प्रहरीले गत आन्दोलनमा परिचालित पुलिसकर्मीहरुले आफ्नो परिचय नाम र नम्बर लुकाएको आरोप प्रतिपक्षीले लगाएका छन् ।

अनावश्यक बल प्रयोग गर्ने प्रहरी जवान विरुध्द शिकायत गर्न सकिने सरकारले भने पनि नाम र नम्बर बिना कसरी शिकायत गर्ने भनी डेमोक्रेटिक पार्टीका लाम चेक टिङले विरोध जनाए ।
सुरक्षा सचिव जोन ली ले नयाँ युनिफर्ममा नाम नम्बर लेख्ने ठाउँ नरहेकोले नराखिएको भन्दै बचाऊ गर्ने प्रयास गरे पनि विपक्षी विधायकहरु मान्न तैयार भएनन् ।

जुन ९ तारीख प्रहरी बल परिचालन गर्दाको फोटो हेर्दा प्रहरीको नम्बर देख्न सकिन्छ, जुन ९ मा राख्न मिल्ने जुन १२ मा कसरी नमिल्ने भन्दै सरकारले जनतालाई दमन गर्ने मनाशयले नम्बर लुकाएको आरोप लगाएका छन् । जुन १२ मा प्रहरीले ब्यापक रुपमा टियर ग्याँस, रबर बुलेट आदि प्रयोग गरेको थियो ।

जनतालाई लाटो बनाउने प्रहरीको चोरी त पक्राउ परिगयो, तर प्रहरी जवानलाई निशाना बनाउनुको सट्टा प्रहरी परिचालन गर्ने प्रहरी प्रमुखलाई नै कार्यवाहीको माग गरे भइगो नि, होइन र?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here