प्रस्तावित सुपुर्दगी नियम सम्बन्धी भोलि ब्यापक विरोध प्रदर्शन हुने

प्रकाशित मिति
0
1346

भोलि विधान परिषदमा हुने प्रस्तावित सुपुर्दगी नियम सम्बन्धी छलफललाई मध्य नजर गरेर विधान परिषद रहेको तामार क्षेत्र आसपासमा ब्यापक रुपमा विरोध प्रदर्शन हुने भएको छ ।

विरोधमा सामेल होऊन् भनेर सयौं कम्पनीहरुले आफ्ना कर्मचारीलाई छुट्टी दिएको बताइन्छ भने कानुन ब्यवसायी, यातायात ब्यवसायी,शिक्षक संगठन जस्ता ब्यवसायिक संगठनहरुले पनि आफ्ना सदस्यहरुलाई आव्हान गरेका छन् ।


विश्वविद्यालयका विद्यार्थीहरुले भोलिको कक्षा हापेर भेलामा सहभागी हुन आव्हान गरेका छन् ।

त्यसै क्रममा हङकङ प्रमुख क्यारी लाम ले फरक मतलाई सम्मान गरे पनि कानुनले हङकङको हित हुने र यसलाई पास गराएरै छोड्ने प्रतिबध्दता जनाएकी छिन् ।
विधान परिषदका अध्यक्ष एन्ड्रयु ल्योङले छलफलको लागि ६१ घन्टाको समय सीमा तोकेका छन्, जसले गर्दा अर्को बिहिबार सम्म कानुन पास हुने बताइन्छ ।

कानुनलाई प्रतिपक्षीले बढाई चढाई गरे जस्तो खतरनाक नभएको र यसले सर्वसाधारणलाई असर नपार्ने भन्दै चीन पक्षधर पार्टीहरुले सरकारलाई समर्थन गर्दै कानुन पास गर्न सहयोग गर्ने बताएका छन् ।
उता विपक्षीहरुले भने यस कानुन पास भएमा चीनले जो सुकैलाई अपराधी करार दिएर चीन सुपुर्दगी गराउन सक्ने बताइरहेका छन् ।
गत आइतबार मात्रै हङकङका १० लाख जनता कानुनको विरोधमा सडक र्‍यालीमा ओर्लेका थिए भने विश्वका २९ शहरबाट सो र्‍यालीको समर्थनमा हङकङ मूलका ब्यक्तिहरुले समर्थन जनाएका थिए ।

गत आइतबारको र्‍याली!

जसरी सिक्काका दुई पाटा हुन्छन्, त्यसरी नै यो कानुनको पनि पक्ष र विपक्ष होलान् तर जहिल्यै चीनप्रति सशंकित हुने हङकङका जनतालाई यो प्रस्तावित कानुन मन नपरेको स्पष्ट देखिन्छ तर बहुमतको सरकार भने बलमिच्याइँ गरेरै भने पनि कानुन पास गरेर चीनबाट स्याबासी लिने पक्षमा देखिन्छ । यस घम्साघम्सीले निम्त्याउने दिनानुदिनको झन्झट र आर्थिक र रोजगारीको क्षेत्रमा पर्ने असरहरुबाट भने हामी नेपाली समुदाय पनि अछुत रहन सक्ने छैनौं ।

हङकङले सुपुर्दगी सम्बन्धी ल्याउन लागेको प्रस्तावित कानुन के हो?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here