प्रचण्डलाई पुत्रशोक

0
5

M_Id_300383_Prakash_Dahal

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको हृदयघातबाट निधन भएको समाचार ब्यापक बनेको छ।
अचेत अवस्थामा बिहान ५ बजेतिर नर्भिक अस्पताल लगिएका प्रकाशको निधन भएको अस्पताल स्रोतले पुष्टि गरेको छ।

वाम गठबन्धनको चुनावी सभाका लागि झापा पुगेका प्रचण्ड झापाबाट काठमाडौँ फर्किएको बताइन्छ । उनी आइतबारको कार्यक्रम छाडेर प्रचण्ड काठमाडौँ फर्किएका हुन्।
भरतपुर महानगरपालिका मेयर रहेकी प्रचण्ड पुत्री रेणु दाहाल पनि काठमाडौँ आउन लागेको बताइन्छ।

प्रचण्डकी जेठी छोरी   ज्ञानु दाहालको ३ साल अघि स्तन क्यान्सरबाट मृत्यु भएको थियो । ३ दिदीहरुका कान्छा भाइ ३६ वर्षीय प्रकाश दाहाल प्रचण्डका एक मात्रै छोरा हुन । उनका ३ विवाहहरुबाट २ छोरा रहेको बताइन्छ ।

माओवादी जनयुध्दमा थुप्रै बाबु-आमाहरुले आफ्नो सन्तान गुमाए, यस सन्तान शोकको पींडाले प्रचण्डलाई त्यो पींडाको अनुभूति गराओस् र शहीदको सपना पूरा गर्ने बाटोमा हिंडाओस् !
यस दुखद घडीमा मृतक दाहाल प्रति श्रध्दाञ्जली, शोकाकुल परिवार र शुभचिन्तकप्रति हार्दिक समवेदना!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here