पैसाको निहुँमा पत्नीको हत्या !

प्रकाशित मिति
0
70
IMG-20160407-WA0061-thumb
ग्लोरी डेज्् बिल्डिङ

हिजो राति शनिबार आफ्नी पत्नीको हत्याको अभियोगमा ६६ वर्षे ब्यक्तिलाई पुलिसले ताइ कोक सोइबाट पक्राउ गरेको छ।

ताइ कोक सोइको वाइ अन स्ट्रिटमा रहेको ग्लोरी डेजको अपार्टमेन्टमस पैसाको मामिलामा घर झगडा हुँदा पतिले पत्नीलाई छातिमा छुरा हानेको थाहा भएको छ । पुलिस घटनास्थलमा पुग्दा पत्नी अचेत अवस्थामा लडेकी थिइन् भने पतिको हातमा पनि चोट लागेको पाइयो । पत्नीलाई कुङ वा अस्पतालमा मृत घोषणा गरियो ।

उनीहरूसँगै बस्ने अभियुक्तको बहिनीलाई पनि छानबिनको लागि पक्राउ गरिएको छ, उनको लुगामा पनि
रगतको टाटो भेट्टिएको बताइन्छ । मंकोक जिल्ला प्रहरीले घटनाको छानबिन गरिरहेको छ ।

गत हप्ता मात्रै तु का वान स्थित आफ्नो फ्ल् याटमा आफ्नो पत्नीको हत्या गरेर समुद्रमा हाम्फाली आत्महत्या गर्न खोज्ने ६० वर्षे पुरुषलाई पक्राउ गरिएको थियो ।
बितेको ६ महिनामा गत सालको भन्दा ३६.४% ले घरेलु हिंसाको घटना बढेको तथ्यांक प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here