पूरानो मान्छेका नयाँ गीतहरू – निरज राई

प्रकाशित मिति
0
146

 

nibhaunu naaunu aago

हेम कुमार लावती,बर्तमान परिचय समिक्षक समाज होङकोङको सन्योजक, अनि समिक्षक समाजका साथीहरूको प्रीय “हेदा” अर्थात हेम दाइसङ्गको मेरो परिचय पूरानो भएपनी बगैँचा डट कमले आयोजन गरेको शृजनशिल साहित्य सम्मेलन अर्थात मुटु सम्मेलनमा बहुप्रतिभाशाली भाइ रबिनको निमन्त्रणामा भाग लिने क्रममा शुरू भएको हाम्रो संगत समिक्षक समाजको स्थापना यता घनीभुत भएको हो।
होङकोङको साहित्य क्षेत्रमा बिभिन्न उपलब्धीमुलक कार्य सम्पादन गर्ने क्रममा समिक्षक समाजले होङ्कोङ्को सङ्गीत क्षेत्रमा गीत लेखनको कमी महसुस गरेर यसमा आफुले सकेको गीत लेखेर अलिकती भए पनि योगदान दिने अभियान समाजका सदस्य रबिन राईको अग्रसरतामा चलायो। । यसै अभियान अन्तर्गत हेदाले लेखेका गीतहरू फेसबूकमा धेरैले रुचाए पछि ती गीतहरूलाई सङ्गीतमा ढालेर रेकर्ड गरी “निभाउन नआउनु आगो” एलबमको रूपमा सार्वजनिक गरिन लागेको हो।

यो लेखको शीर्षक ” पुरानो मान्छेका नया गीतहरू” राख्नुको कारण हेदाले लेखेका गीतहरूमा देखिने परिपक्वता हो। आमभाषामा गीत मिटर भनी नेपाली सुगम सङ्गीतमा खोजिने गीत लेखनको मानक हेदाका गीतहरूले पूरा गरेको पाइन्छ। जसले गीत लेखिसकेपछी त्यसलाई सङ्गीतमा उन्ने क्रममा महत्वपूर्ण भुमिका निभाउछ। फेरि यो गीतमिटरमा बाधिने क्रममा गीतका शब्दहरू अनावश्यक रूपमा बोझिलो भै गीतको गति सुस्त हुने वा शब्द चयनलाई चुस्त र छरितो बनाउदा गीतको भाबले ट्र्याक छोड्ने जस्ता यावत समस्याहरूबाट अलग छन हेदाका गीतहरू।
हेदाका गीतहरूमा उनको मन जत्तिकै सरल र मिठास घोलिएको पाइन्छ। जुन उनका गीतहरूका बिशेषता पनि हो। प्राय बिरहका भाब पोखिएका गीतहरूले नै धेरै श्रोताहरूको मन जित्ने हुनाले हेदाका गीतहरू यो कुराबाट अछुतो छैनन।

होङकोङेली नेपाली सङ्गीतका शुरुवाती समयमा लेखिएका गीतहरू लाहुरे परिबेशका हुन्थे । लोक पप लयमा उनिने सरल शैलीको गीतका भाबहरू पनि सरल नै हुन्थे। 1997 यता यहाका नेपाली साहित्यकारहरू जुर्मुराएर गीत लेख्ने अनि त्यसलाई सङ्गीत भरेर सङ्ग्रहको रूपमा निकाल्ने कार्यको थालनी भयो। टन्क सुब्बा, डि बी पालुङ्गवा, नन्द चम्सु, रामकृष्ण बान्तावा, बिष्णुनन्द चाम्लिङ जस्ता अग्रज गीतकार स्वयमले आफुले लेखेका गीतहरूको साङ्गीतिक एलबम निकाल्ने सिलसिलाका पछिल्ला कडी हेदाको”निभाउन नआउनु आगो” गीति अलबम हो।

अहिलेसम्म गीतकारहरूले निकालेका गीति अलबमहरूले लगानी उठाउने त परकै कुरा भो, खासै चर्चा समेत बटुल्न नसकेको अवस्थामा हेदाको अलबम कतिको सफल हुन्छ होला? यो कोणबाट नियाल्दा गुनवत्ताको प्रश्न आउँछ।
हेदा नेपाल हुँदै सङ्गीतिक माहोलमा भिजेका हुनाले उनमा सङ्गीतिक समझ उच्च छ। नेपालका स्टुडियो अनि स्थापीत सङ्गीतकर्मीहरूसङ्गको उठबसले उहाँलाई असल सङ्गीत पारखी बनायो। त्यसैले होला , मैले अहिले सम्म जति पनि गीतकारहरूले साङ्गीतिक एलबम निकाले उनीहरू सम्पूर्ण रूपमा सङ्गीतकार माथी निर्भर रहेको पाएको छु। यो कुरामा हेदा अपबाद देखिए। छनोट देखि तयारी सम्ममा उनी आफ्नो निर्णयमा अघि बढे।
होङकोङमा दिनेश सुब्बा, ज्ञान सुब्बा, रबिन लगायत नेपालका बरिस्ठ सङ्गीतकर्मीहरू सङ्गको नियमीत सल्लाह सुझाब पश्चात् निर्णय गरेर तयार गरिएको यो अलबम सुन्दा यसमा प्रशस्त मेहनत गरिएको अनुभुती हुन्छ। । ज्ञान सुब्बाको बहुचर्चित एल्बम “तिम्रो प्रतीक्षा”कै हाराहारीमा पैसा खर्च भएको “निभाउन नआउनु आगो,,,” अलबममा गायक गायिका, सङ्गीतकार अनि एरेन्जरको छनोट गर्दा खर्चमा कुनै सम्झौता गरिएको छैन। गीत रेकर्डिङमा चित्त नबुझे फेरि रि रेकर्ड ,चल्तिका अरेन्जरको प्रयोगले गीतहरू प्राबिधिक रूपमा अब्बल बनेका छन।

गीतहरू मिठा र कर्णप्रीय बनेका छन। स्वर सङ्गीतको छनौटकार्य लहडमा नभएर समझदारी पूर्बक हतार नगरी गरिएको छ। गीतको भेराइटीमा गीतकार हल्का चुके पनि राखिएका गीतहरू मन छुने खालका छन। होङ्गकोङको कन्स्ट्रक्सनको काममा दिन रात खटेर बाकी रहेको समय गीत सिर्जनामा लागि परेको हेदा स्वयम् अग्रीणी सामाजिक अभियन्ता भएकोले उनीबाट सामाजिक सन्देश मुलक गीत रचनाको आशा गर्नु जायज हुन्छ। यो एलबममा यो कुरा छुटे पनि अर्कोमा अवस्य आउने छ भनी कामना गरौ।

बर्तमान नेपालमा सम्बिधान निर्माणको क्रममा देखा परेको अस्थिरताले बजार चौपट पारेको अवस्थामा अलबमले लगानी उठाओस नउठाओस तर हेदाको सिर्जन्शिलता जुनी जुनीलाई हुनेमा कुनै शन्का छैन।
र यसका साथै यहि आउदो 29/8/2015 शनीबारका दिन नेपालमा बिमोचन हुन गैरहेको “निभाउन नआउनु आगो” गीतिसंग्रहको सफलताको शुभकामना दिदै यो मेरो लेख बिट मार्ने अनुमती चाहन्छु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here