पुस्तक मेला आज वान्चाईको कन्भेन्सन सेन्टरमा सुरु….

प्रकाशित मिति
0
188

३० औं पुस्तक मेला आज वान्चाईको कन्भेन्सन सेन्टरमा सुरु भयो ।
हङकङ ट्रेड डेभलप्मेन्ट काउन्सिलले हरेक साल आयोजना गर्ने यो सालको पुस्तक मेलामा
“वैज्ञानिक आख्यान र रहस्य” लाई थिम बनाइएको छ ।

सुपुर्दगी कानुन विरुध्दमा आन्दोलन मच्चाइरहेका आन्दोलनकारीहरुले चीनका प्रकाशकहरुको
स्टलमा भीड गरी पुस्तक नकिनी ब्यवधान गर्ने आव्हान गरेका छन् । जवाफमा चीनका
प्रकाशकहरुले शान्तिपूर्ण तरिकाले आउने भीडलाई स्वागत रहेको बताएका छन् ।

यस साल सबैभन्दा धेरै ३९ देशका ६८६ वितरकको सहभागिता रहेको बताइन्छ ।
नेपालका वितरकहरुले पनि हरेक साल सहभागिता जनाउने गरेका छन् ।
आज देखि सुरु भएको पुस्तक मेला अर्को हप्ताको मंगलबार २३ तारीख सम्म बिहान १० देखि राति १० बजेसम्म हुनेछ भने प्रवेश शुल्क वयस्कको लागि २५ डलर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here