पुलिस-आन्दोलनकारी झडपबीच भाग्दा घाइतेँ भएका छात्रको मृत्यु..

प्रकाशित मिति
0
1723

गत आइतबार पुलिस आन्दोलनकारी झडपबीच भाग्ने क्रममा बिल्डिङबाट खसेर घाइतेँ भएका २२ वर्षे छात्र चाउ च लोकको मृत्यु भएको छ । हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीको दोस्रो वर्षमा अध्ययनरत छात्रको आज बिहान ८ बजे क्वीन एलिजाबेथ अस्पतालमा मृत्यु भएको बताइन्छ ।

गत आतइबार चुङ क्वान ओ मा एक पुलिसकर्मीको बिहे क्राउन प्लाजा होटलमा भइरहेको हल्ला चलेपछि त्यसलाई बिथोल्न आन्दोलनकारीहरु होटल वरिपरि जम्मा भएका थिए । उनीहरुलाई तितर बितर पार्न प्रहरीले टियर ग्याँस प्रहार गरेको बताइन्छ । मृतक चाउ त्यसै झडपको दौरान भाग्ने क्रममा सेङ ताक कार पार्कको तेस्रो तलाबाट दोस्रो तलामा खसेको बताइन्छ । उपचारको लागि खटाइएको एम्बुलेन्स र प्यारामेडिक्स टोलीलाई पुलिसले अवरोध गरेको आरोप लागिरहेको छ ।

घटना भएको स्थानको स्वामित्व राख्ने लिं रियल स्टेटले सिसिटिभी फुटेज सार्वजनिक गरे पनि चाउ खस्दै गरिरहेको भिडियो फुटेजमा रहेको छैन । पुलिसले दोहोरो झडपमा उनको मृत्यु भएको अस्वीकार गरिरहेको अवस्था छ तर हङकङ पुलिसले हाल जनविश्वास गुमाइरहेको पक्कै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here