पुलिसलाई होइन पुलिसले हातपात गरेको साबित…

प्रकाशित मिति
0
1802
न्याय मरेको छैन रहेछ!

पुलिसमाथि हातपात गरेको अभियोगमा पक्राउ परेका अभियुक्त स्टेनिल चान विरुध्दको अभियोग हिंजो शुक्रबार सरकारी वकिलले फिर्ता लिएका छन् ।

५४ वर्षे सेफ चानलाई २१ सेप्टेम्बरमा मंकोक पुलिस स्टेसन नजिकै पुलिसलाई हातपात गरेको भन्दै पक्राउ गरिएको थियो । RTHK ले खिचेको भिडियोमा चानले हातपात गरेको नभई पुलिसले उनलाई आक्रमण गरिएको देखिएपछि लगभग ९ हप्तापछि उनीमाथिको अभियोग सरकारी वकिलले फिर्ता लिएका हुन् ।

चानले पुलिसलाई मुख छोडे पनि हातपात नगरेको बरु दुवै हात उठाएर आत्मसमर्पण गर्दा पनि पुलिसले आफ्नो टोपी फ्याँक्दै आफूलाई कुटपिट गरेको बताएका छन् । मुध्दाको क्रममा कानुनी उपचारको लागि आफ्नो लाखौं डलर खर्च भएकोले उक्त रकम सरकार विरुध्द दाबी गर्ने उनले बताएका छन् । उक्त रकम दाबी विरुध्द आफ्नो कुनै आपत्ति नरहेको सरकारी पक्षको वकिलले बताएका छन् । आफू विरुध्द झूठो मु्ध्दा लाएको भन्दै सरकार विरुध्द मुध्दा दायर गर्ने सल्लाह वकिलले दिएको भए पनि आफ्नो परिवारको सल्लाह मान्दै मुध्दा दायर नगर्ने पक्षमा रहेको बताएका छन् ।

आन्दोलन सुरु भए यता यसरी सरकारले मुध्दा फिर्ता लिएका मध्ये चान ५ औं निर्दोष ब्यक्ति भएको बताइन्छ । सरकारले आन्दोलनकारीहरुलाई पक्राउ गरी मुध्दा चलाउने र आन्दोलनकारी भनी पक्राउ परेकाहरुले पुलिस र सरकारलाई मुध्दा चलाउने क्रम धमाधम भइरहँदा, जसले जिते पनि दुवै पक्षबाट फाइदा चैं कानुन ब्यवसायीलाई हुने स्पष्ट देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here