पुलिसलाई सामूहिक बलात्कारको आरोप लगाएकी किशोरीको गर्भपात…

प्रकाशित मिति
0
1822

आफूलाई हङकङ पुलिस जवानहरूले सामुहिक बलात्कार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेकी १६ वर्षकी किशोरीको शुक्रबार गर्भपात गरिएको छ । गत सेप्टेम्बर २७ तारीख दंगा पोशाक लगाएका प्रहरीहरीहरुले चुनवान पुलिस स्टेसनमा आफूलाई बलात्कार गरिएको आरोप लगाएकी उक्त किशोरीको क्वीन एलिजाबेथ अस्पतालमा गर्भपतन गरिएको हो ।

प्रारम्भिक जाँचमा किशोरीले दिएको बयान र पुलिस स्टेसनको विवरण नमिल्दो बताएको हङकङ प्रहरीले आरोप गंभीर रहेको भन्दै विस्तृत छानबिन गरिने बताएको छ । सिसिटिभी फुटेजमा स्टेसन वरिपरि पीडित किशोरी नदेखिएको उनीहरूको दाबी छ ।



हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी का छात्र चाउ को शंकास्पद मृत्युको कारण यो सप्ताहान्त तनावपूर्ण रहेको थियो । विभिन्न ठाउँमा पुलिस आन्दोलनकारी बीच झडप हुँदा ८८ जनालाई पक्राउ गरिएको छ र आज सोमबार आमहडतालको घोषणा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here