पुलिसको पेस्तोल खोसी ६ राउन्ड गोली चलाउनेलाई जेल…

प्रकाशित मिति
0
159

emergency-police-dw-0919-net

हिंजो मंगलबार ४ अक्टोबरका दिन हाइकोर्टले फैसला सुनाउँदै अस्पतालमा पुलिसको पेस्तोल खोसी ६ राउन्ड गोली पड्काएको अभियोगमा एक मेनल्यान्डर युवकलाई ४० महिनाको जेल सजाय दिएको छ ।

सेप्टेम्बर १५ तारीख २०१४ मा ३६ वर्षे हुआङ थरका मेनल्यान्डर चाइनिजले रेस्टुरेन्टमा बसिरहेको बेलामा आत्महत्या गर्ने प्रयासमा आफ्नै नाडी टोके । घाइतेँ अवस्थामा उनलाई उध्दार गरी सेङ सुईको नर्थ डिस्ट्रिक्ट अस्पतालमा लगियो । त्यहाँ उनको हत्कडी खोल्नासाथ मौका पाएर उनले पुलिसको होल्स्टरबाट पेस्तोल झिके , २ पुलिस, २ नर्स र २ अस्पताल सहायक र अभियुक्तबीच पेस्तोल खोसाखोसमा ६ गोली पड्कियो र एक प्रहरी जवानको पाखुरामा गोली लाग्यो । शुरुमा अवैध आप्रवासी आशंका गरिएको हुआङ नियमपूर्वक नै कामको खोजीमा हङकङ छिरेको बताइन्छ । धेरै कोशिस पश्चात पनि काम नपाएपछि डिप्रेसनको शिकार बनेर उनी आत्महत्या गर्ने अवस्थामा पुगेको उनको वकिलको भनाइँ छ । उनको वकिलको भनाइँ अनुसार हुआङले केही राउन्ड अरुलाई तर्साउन फायर गरेको र आफूलाई नै प्रहार गरी आत्महत्या गर्ने योजनाका साथ उक्त कार्य गरेको बताइन्छ ।

अस्पतालले मानसिक बिरामी करार दिई उनलाई रिहा गर्न अनुरोध गरे पनि घटनाको गंभीरतालाई मध्य नजर गरी हुआङलाई जेल सजाय दिइएको बताइन्छ , उनको अनुशासन हेरी रिहा गर्न सकिने पनि न्यायधीशले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here