पुजनको ‘झरी’ विमोचित..

प्रकाशित मिति
0
233

हिंजो मंगलबार लभ एण्ड सपोर्ट फाउण्डेसनको आयोजनामा काठमाण्डौको माइकल ग्रिल्स रेस्टुरेन्टमा ग्लोबल नेपाली फिल्म,म्युजिक मिडिया एण्ड सोसियल अवार्ड संपन्न भएको छ ।

उक्त कार्यक्रममा सिक्किमका प्रतिभाशाली संगीतकार तथा गायक पुजन लोहागणको एकल संगीतमा रहेको गीति एल्वम ‘झरी’को विमोचन कार्यक्रम सम्पन्न भयो। ‘झरी’ गीति एल्बमलाई वरिष्ठ संगीतकार आनन्द राईले समीक्षा गरेका थिए । एल्बममा रहेका पाँचै वटा सिर्जना शव्द,संगीत र स्वरको उत्कृष्ट संगम रहेको बताएका थिए ।

गायकको रुपमा ‘निनाद’ एल्बम निकालिसकेका पुजनको एकल संगीतकारको रुपमा मनु कन्दङवा रचित गीतहरुको “डायरी” आइसकेको छ । M6 FILMS Hong Kong को प्रस्तुती  रहेको ‘झरी’ एकल संगीतकारको रुपमा उनको दोस्रो एल्बम हो ।

हङकङलाई कर्मथलो बनाएका गीतकारहरु हेमकुमार लावती, मनु कन्दङवा, छेवाङ लामा र रबिन बान्तावा खाहोङ राईका शब्दहरुलाई क्रमशः अनुपमा प्रधान, पुजन लोहागण,अनुपमा प्रधान र कर्मा ग्याल्जेन बोम्जनले स्वर दिएका छन् भने हङकङेली गायक ज्ञान सुब्बाले सिक्किमेली गीतकार कमल रेग्मीको गीत गाएका छन् ।

फनिन्द्र राई, चाँद सिं र इजाज अलीले संगीत संयोजन गरेका छन् ,मिक्सिङ र मास्टरिङ् मिन बिष्ट, इजाज अली र दिपेश प्रधानले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here