पिसाब पिलाएकोमा कामदारलाई जेल सजाय…

प्रकाशित मिति
0
828

रोजगारदाता महिलाको १३ वर्षे छोरालाई पिसाब मिसाएको पानी पिलाएकोमा ४० वर्षे इन्डोनेशियन घरायसी कामदारलाई आज ४ महिना जेल सजाय दिएको छ ।

आफूलाई सधैं हप्काई रहेको भन्दै रोजगारदाता महिला फेङ लाई बदला लिन गत अप्रिल ११ तारीख एबर्डिन स्थित घरमा उनले पिउने पानीमा पिसाब मिसाएको स्वीकार गरेकी थिइन् ।
फेङले पिउलिन् भनेको पानीको बोतल उनले आफ्नो छोराको स्कूल झोलामा हालेर पठाएकी थिइन् ।
छोराले पानी गन्हाएको बताएपछि फेङले अभियुक्तलाई गाली गर्दा उनले अपराध स्वीकार गरेकी थिइन्।

पिसाबले बालकको स्वास्थ्यमा असर नगरे पनि उसलाई मानसिक आघात पुगेको भन्दै अदातले सजाय दिएको हो ।
पिसाब वा महिनावारी भएको रगत पिलाए मानिसलाई वशमा पार्न सकिन्छ भन्ने अन्धविश्वासले गर्दा घरायसी कामदारहरुले विगतमा पनि यस प्रकारको घटना घटाउँदै आएका छन् ।

हप्काउने/दप्काउने छुच्चो बानी छ भने खाँदा पिउँदा होश गर्नुस् है, फेरि…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here