पानी तताउँदा आगो लाग्यो !

0
4

आज बिहान करिब ०६ १२ बजे हङकङ चाइ वानको “लोक हिङ हाउसको १६ तलामा एक्लै बस्दै आएका वाइ थर गरेका एक ९० बर्षको बृद्धले इलेक्ट्रोनिक भाँडामा पानी तताउने क्रममा आगो लागेको समाचार छ । समाचार अनुसार उक्त भाँडामा पानी लामो समय सम्म तातेर उम्लिरहे पछि लाइन सर्ट भई आगो लागेको आशंका अनुसन्धानले जनाएको छ ।
आगलागीको कारण ४० भन्दा धेरै मानिसहरु  सुरक्षित स्थलमा बाहिरिनुु  परेको थियो भने आगो नियन्त्रण गर्न फायर फाइटरहरुलाई झन्डै साढे १ घन्टा समय लागेको थियो । घटनामा सामनहरु जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको जानकारी छ ।

यो शहरमा घडीको काँटासँगै घुम्दाघुम्दै हाम्रै होस हराई सक्यो ! ९० बर्षको बृद्धाको के कुरा हगि ? धन्न सकुशल रहेछन् ।  सकभर सचेत बनौँँ ।

– oncc

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here