पाकिस्तानी युवकलाई धारिलो हत्यार प्रहार..

प्रकाशित मिति
0
155

pakistani attacked

शक्रबार बिहान डेढ बजे मोहम्मद नामका पाकिस्तानी मूलका ब्यक्तिमाथि कुन्तोङको काइताक मेन्सन नेरको बस स्टपमा १० जना दक्षिण एसियाली नागरिकलेआक्रमण गरी भागेको खबर छ । २५ वर्षे घायल युवकलाई उपचारको लागि क्वीन एलिजाबेथ अस्पताल लगियो । पुलिसले आक्रमणकारी काइताक मेन्सनमै लुकेर बसेको आशंका गरी हातहतियारले सुसज्जित भई तलाशी गरे पनि कसैलाई पक्राउ गरेन भने आक्रमणकारीहरुको खोजी पुलिसले गरिरहेको छ । आक्रमणकारीहरुले चक्कु,छुरी लगायतका धारिलो प्रहार गरी मोहम्मदलाई मरणासन्न अवस्थामा छोडेका थिए, एक स्थानी निवासीले उनलाई घायल अवस्थामा देखी पुलिसलाई खबर गरेका थिए ।

यो पनि हाल चलिरहेको ग्याङ फाइटको घटना हुन सक्ने अनुमान गरिन्छ। आजकाल चिना, पाकिस्तानी, भारतीय सँगै हामी नेपालीका सन्तानहरु पनि ग्याङहरुमा लगेर मारपिटमा संग्लन हुने गरेका छन् । सबैको जीवनमा यस्तो उमेर आउँछ नै, जन्मदिने आमाबाबु भन्दा साथीहरु ठूलो लाग्छ, उनीहरुकै कुरा ठीक लाग्छ , पछि पछुताउनु भन्दा बेलैमा सजग हुनु राम्रो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here