पहिले फूल अनि छुरा…

प्रकाशित मिति
0
2304

आज बिहान पौने ९ बजे बेइजिङ पक्षधर विधायक जुनियस हो चुनाव प्रचारमा जुटिरहँदा उनीमाथि छुरा प्रहार भएको छ ।

चुनमुनबाट आफ्नो उम्मेदवारी दिइरहेका उनलाई नीलो टि सर्ट लगाएर आएका ब्यक्तिले उनले धेरै मिहेनतसाथ काम गर्दै आएको भन्दै फूल थमाएपछि उनीसँग आफू सेल्फी फोटो खिच्न चाहेको फोन झिक्छु है भन्दै झोलाबाट एक्कासी छुरा निकालेर प्रहार गरेका थिए । तर उनलाई हो का सहयोगी र हो ले तुरुन्तै बलप्रयोग गरी लडाई नियन्त्रणमा लिएका थिए । आक्रमणकारीले हो लाई अगस्ट ३१ मा युनलोङमा ट्रायडसँग मिलेमतो गरी एम टि आर मा सर्वसाधारणमाथि आक्रमण गराउने बदमाश भन्दै गाली गरेका थिए ।

हो सहित उनका २ जना सहयोगी र आक्रमणकारी ४ जना सामान्य घाइतेँ भएको बताइन्छ , हो को छातिमा साधारण चोट लागेको बताइन्छ । ३० वर्षे आक्रमणकारी मानसिक रोगी नभए पनि उनको मानसिक स्वास्थ्य जाँच गरिने बताइएको छ । अभियुक्तलाई सामाजिक संजालमा हो पक्षधरले नानाभाँती गाली गरेकोले उनी आवेशमा आई यस्तो कार्य गरेको हुनसक्ने अनुमान गरिएको छ ।

कहिले लोकतन्त्रपक्षधरको कान टोकेर फ्याँकिइने त कहिले संस्थापन पक्षधरमाथि छुरा प्रहार हुने, अब साँच्ची हङकङ पुरानो हङकङ रहेन । तर हो पनि हो नै हो नि, कम चोथाले छन् त, अस्ति भर्खरै मात्रै विधान परिषदको एक समितिको मिटिङमा ‘विदेशी ससेज खानु बानी परेकाहरु भन्दै लोकतन्त्रपक्षधर क्लाउडियोलाई भनेका थिए । आफू त फेरि वकिल मान्छे! हालै उनको ब्यवहार र आचारणमाथि प्रश्न उठाउँदै उनी पढेको बेलायतको एङ्लिया युनिभर्सिटीले उनलाई दिएको मानार्थ विद्यावारिधी फिर्ता गरेको थियो ।

मान्छे जे जस्तो भए पनि मानवताको नाताले उनको स्वास्थ्य लाभको शुभेच्छा दिऊँ न त है!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here