पवित्राको ‘मौलिकता’….

प्रतिभाशाली नवगायिका पवित्रा राईको स्वर र संगीत रहेको “मौलिकता” शीर्षकको गीत रिलिज भएको छ । आफ्नो युट्युब च्यानल मार्फत नयाँ साल २०२० सालको शुभ आगमनसँगै रिलिज गरिएको भिडियो उनकै आफ्नै कन्सेप्टमा निर्माण गरिएको हो ।  

 सूर्योदय नगरपालिका इलाममा किसान परिवारमा जन्मी हुर्किएकी पवित्रा हाल काठमाण्डौमा बसी अध्ययनको साथै गीत-संगीत र नाटकमा  काम गरिरहेकी छिन् । उनले   रेडियो फिक्कल/इलाम, रेडियो सरगम/झापा र रेडियो आँगन/विर्तामोड , रेडियो पूर्वेली आवाज मा रेडियो प्रस्तोताको रुपमा काम गरिसकेकी छिन् ।

६ साल अगाडि पहिलो पटक गीत रेकर्डिङ गराएकी पवित्राले हालसम्म ५-६ गीत गाइसके पनि  “मौलिकता” उनको पहिलो  रिलिज गीत हो । यसको भिडियोलाई योगेश दाहालले छायाँकन तथा संपादन गरेका छन् भने देबेश राईको संगीत संयोजन रहेको छ । यस गीतका गीतकार रबिन बान्तावा खाहोङ् रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *