न्यु टाउन प्लाजामा नक्कली पत्रकार…

प्रकाशित मिति
0
606

शातिनको न्यु टाउन प्लाजामा प्रशासन विरुध्द धर्ना बसेका सयौंको संख्यामा उपस्थिति मध्ये हिंजो १ नक्कली पत्रकार पक्राउ परे ।

“आभा चान,RMHK” नामको फेक रिपोर्टरको पास भिरेका उनलाई धर्नाकारीहरुले पहिचान गरेर समाउन खोज्दा उनी ७ तलामा भागी आत्महत्या गर्ने चेतावनी दिए । पुलिसले उनलाई संझाएर सुरक्षित रुपमा नियन्त्रणमा लिएको बताइन्छ ।कहिले महिला त कहिले पुरुषको भेष बदलेर हिंड्ने उक्त ब्यक्ति १० साल पहिले ठगीको मुध्दामा कानुनी सजाय पाइसकेका ब्यक्ति रहेको बताइन्छ ।

गत आइतबार भएको भीडन्तमा प्लाजामा पुलिसलाई घुस्न दिएको विरोधमा संचालक कम्पनी सन हुमकाई कम्पनी विरुध्द धर्ना दिन आन्दोलन समर्थकहरु
मंगलबार भेला भएका थिए। उनीहरुले प्लाजाको भित्तालाई ‘लेनन वाल’ मा परिणत गरिदिए र प्लाजाको कागज र कलम चलाए वापत पैसा पनि दान गरेका थिए । उनीहरुले प्रशासनलाई बुधबार साँझ सम्म स्पष्टिकरण दिन माग राखेका थिए ।

न्यु टाउन प्लाजा प्रशासनले आफूले पुलिस नडाकेको र पुलिसले पनि प्लाजामा घुस्न कुनै खाले सुचना नदिएको वा अनुमति नलिएको स्पष्टिकरण दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here