नेपाली समुदायको पक्षमा आवाज उठाउने लुङ बाल यौन दुराचारको अभियोगमा पक्राउ..

प्रकाशित मिति
0
3184

बाल यौन शोषण गरेको अभियोगमा साउथन् डेमोक्रेटिक एलाइन्स पार्टीका अध्यक्ष जेम्स लुङलाई हङकङ पुलिसले पक्राउ गरेको छ ।

दक्षिण एसियाली जनजाति खास गरेर नेपाली समुदायको हकहितको पक्षमा आवाज उठाइरहेका लुङले बाल यौन दुराचार गर्नुको साथै आपत्तिजनक फोटोहरु लिएको आरोप लगाइएको छ ।
उनले आफ्नो फेसबुकमा अश्लील देखिने बालबालिकासँगका आपत्तिजनक फोटोहरु पोस्ट गरेका थिए जुन हाल हटाइए पनि संजालमा फैलिइसकेका छन् ।
उनी विरुध्द गत बुधबार र शुक्रबार २ उजूर परेपछि प्रहरीले उनको मंकोक स्थित अफिसबाट कम्प्युटर र ट्वाइलेट सीट अनुसन्धानको लागि बरामद गरेको छ ।

सन २००८ को चुनावमा काउलुन वेस्टबाट उम्मेदवार बनेका लुङले कुल २ लाख मतमा ५ सय मत पाई पराजित भएका थिए । सन २००७ मा लुङको पार्टीले नेपालीहरुको धार्मिक समूह हेभेन्ली पाथसँग
शान्ति र्‍यालीको आयोजना गरेको थियो ।

अल्पसंख्यक जनजाति र हङकङेली चिनियाँ नागरिकबीच सौहार्दपूर्ण वातावरण बनाउने उद्देश्य लुङको पार्टीको रहेको छ तर भित्री उद्देश्य त अर्कै पो रहेछ कि क्या हो ,हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here