नेपालीहरुको सघन बसोबास रहेको जोर्डन क्षेत्रमा क-कसले जिते चुनाव?

प्रकाशित मिति
0
3291
याउ चि मोङ जिल्ला निर्वाचन क्षेत्रहरु

हिंजो संपन्न जिल्ला परिषदको निर्वाचनमा कुल १८ जिल्लामा ४५२ सीटको लागि भएको निर्वाचनमा पहिले भन्दा तेब्बर भन्दा धेरै ३८९ सीट जित्दै लोकतान्त्रिक पक्षले १७ जिल्लामा बहुमत सहित कब्जा गरेको छ भने पहिलेको हर्ताकर्ता बेइजिङ पक्षधरहरु ६२ सीटमा खुम्चिएका छन् ।

पहेँलो लोकतान्त्रिक पक्षधर, रातो बेइजिङपक्षधर

स्टारी लीको बेइजिङ पक्षको प्रमुख पार्टी DAB लाई यसपालि नराम्ररी धक्का पुगेको छ, ११९ बाट झरेर यो २१ सीटमा पुगेको छ , पार्टीको हारपछि उनले राजिनामा दिए पनि केन्द्रीय समितिले उनको राजिनामा अस्वीकृत गरेको छ । ४ सीट जितेर फेडेरेसन अफ ट्रेड युनियन बेइजिङ पक्षधर मध्येबाट दोस्रो ठूलो दल बनेको छ , भने रेजिना इपको न्यु पिपुल्स पार्टीले नील खाएको छ, उसको पहिले २६ सीट रहेको थियो ।

लोकतान्त्रिकको पक्षबाट डेमोक्रेटिक पार्टीले ९९ जना खडा गरेर ९१ जनाले जितेका छन् भने सिभिक पार्टीले ३६ जना उठाएर ३२ जनालाई जिताएको छ ।

धेरै नेपालीको बसोबास रहेको जोर्डन, याउ मा तेइ, चिम सा चुई, मंकोक आदि क्षेत्र याउ चि मोङ जिल्लामा पर्दछ, २० निर्वाचन क्षेत्र रहेको यस जिल्लाको परिणाम निम्न प्रकार रहेको छ । २० सीट मध्ये १६ सीट लोकतन्त्र पक्षधरको पोल्टामा गएको छ भने १ DAB बेइजिङपक्षधरको र ३ सीट स्वतन्त्रको पोल्टामा परेको छ ।

याउ चि मोङ जिल्ला निर्वाचन क्षेत्रहरु

हेर्नुस् त, तपाईंको क्षेत्रबाट कसले जितेछ? तपाईंको भोट यिनैलाई दिनुभएको थियो कि?

क्षेत्र नं १ – TSIM SHA TSUI WEST
चिम शा चुइ वेष्टमा – स्वतन्त्रबाट चान का लोङ “लेस्ली” ले बेइजिङ पक्षधर नेता पुन किङ ओ”एलेक्स” को ७,८८ मतको बिरुद्ध १,००३ मत प्राप्त गरि जितेका छन् । विजेताको नम्बर ५ रहेको थियो ।

क्षेत्र नं २ – KOWLOON STATION
काउलुन स्टेसन मा – बेइजिङ पक्षधर हुङ चिउ वा “डेरेक” ले बिपक्षी नेता लि विङ् यिन को १,८२१ मतको बिरुद्ध १,९२८ मत प्राप्त गरि जितेका छन् । लगभग १ सय मतको झिनो अन्तरले उनले जित हासील गरेका छन् । विजेताको नम्बर ३ रहेको थियो ।

क्षेत्र नं ३ – JORDAN WEST
जोर्डन वेष्ट मा – लोकतन्त्र पक्षधर चुइ वाइ फोङ “नेटली” ले बिपक्षी नेता चान सिउ तोङ को २,२३३ मतको बिरुद्ध २,६०४ मत प्राप्त गरी जितेका छन् । विजेताको नम्बर १ रहेको थियो ।

क्षेत्र नं ४ – YAU MA TEI SOUTH
याउ मा तेइ साउ मा , लोकतन्त्र पक्षधर वु सुइ सान “सुजान”ले बिपक्षी नेता यु तेज हेइ “बेनी” को २,४३२ मतको बिरुद्ध २,९८४ मत प्राप्त गरि जितेका छन् । विजेताको नम्बर २ रहेको थियो ।

क्षेत्र नं ५ – CHARMING
चार्मिङ मा – लोकतन्त्र पक्षधर लि वाइ फङले बिपक्षी नेता चुङ कोङ मो को ३,३७३ मतको बिरुद्ध ४,२४२ मत प्राप्त गरि जितेका छन् ।
भने अर्का — नेता वोङ वाइ ताइ ले १३३ भोट प्राप्त गरेका छन् । विजेताको नम्बर २ रहेको थियो ।

क्षेत्र नं ६ – MONG KOK WEST
मंकक वेष्ट मा – स्वतन्त्रबाट हुइ तक लियङले बिपक्षी नेता चान युन पान को १,७८७ मतको बिरुद्ध २,१०२ मत प्राप्त गरि जितेका छन् । विजेताको नम्बर १ रहेको थियो ।

क्षेत्र नं ७ – FU PAK
फु पाक मा – लोकतन्त्र पक्षधर यु ताक पो ले बिपक्षी नेता चान तक लाप को २,८४४ मतको बिरुद्ध ४,७४८ मत प्राप्त गरि जितेका छन् । विजेताको नम्बर १ रहेको थियो ।

क्षेत्र नं ८ – OLYMPIC
अोलम्पिक मा – लोकतन्त्र पक्षधर तो कुन सन जेम्स ले बिपक्षी नेता लि का हिन को २,१३० मतको बिरुद्ध २,९५७ मत प्राप्त गरि जितेका छन् । विजेताको नम्बर १ रहेको थियो ।

क्षेत्र नं ९ – CHERRY

चेरी मा – स्वतन्त्रबाट चुङ चाक फाइ ले बिपक्षी नेता एम जि हिउ मेन को २,०१४ मतको बिरुद्ध २,३१० मत प्राप्त गरी जितेका छन् । विजेताको नम्बर १ रहेको थियो ।

क्षेत्र नं १० – TAI KOK TSUI SOUTH

ताइ कोक सुइ साउथ मा – लोकतन्त्रबाट चाङ चिज मिङ ले बिपक्षी नेता चोइ सिउ फोङको २,०६८ मतको बिरुद्ध २,६३२ मत प्राप्त गरि जितेका छन् । विजेताको नम्बर २ रहेको थियो ।

क्षेत्र नं ११ – TAI KOK TSUI NORTH
ताइ कोक सुइ नर्थ मा – लोकतन्त्र पक्षधर लि अोन ले बिपक्षी नेता लउ पाक केइको ३,०२८ मतको बिरुद्ध ३,३०१ मत प्राप्त गरि जितेका छन् । विजेताको नम्बर २ रहेको थियो ।

क्षेत्र नं १२ – TAI NAN
ताइ नान मा – लोकतन्त्र पक्षधर लि वोक क्वेन ले बिपक्षी नेता लि सेज मेन को २,०४६ मतको बिरुद्ध २,९४३ मत प्राप्त गरि जितेका छन् । विजेताको नम्बर १ रहेको थियो ।

क्षेत्र नं १३ – MONG KOK NORTH
मंकक नर्थ मा – लोकतन्त्र पक्षधर ले सिउ ताक किन “लुसिफर” बिपक्षी नेता वोङ सु मिङको २,०७६ मतको बिरुद्ध २,१७१ मत प्राप्त गरि जितेका छन् । विजेताको नम्बर १ रहेको थियो ।

क्षेत्र नं १४ – MONG KOK EAST
मंकक इष्ट मा – लोकतन्त्र पक्षधर लाम सुइ पान “बेन” ले बिपक्षी नेता वोङ किन सानको १,८२१ मतको बिरुद्ध २,६६३ मतले प्राप्त गरि जितेका छन् । विजेताको नम्बर १ रहेको थियो ।

क्षेत्र नं १५ – MONG KOK SOUTH
बाट मंकक साउथ मा – लोकतन्त्र पक्षधर चिउ कोङ वाइ ले बिपक्षी नेता चाउ चुङ फाइ १,७४७ मतको बिरुद्ध १,९७७ मत प्राप्त गरि जितेका छन् । विजेताको नम्बर २ रहेको थियो ।

क्षेत्र नं १६ – YAU MA TEI NORTH
याउ मा तेइ नर्थ मा – लोकतन्त्र पक्षधर लाम किन मेन ले बिपक्षी नेता लि मान किटको १,२४३ मतको बिरुद्ध २,५७३ मत प्राप्त गरि जितेका छन् । विजेताको नम्बर १ रहेको थियो ।

क्षेत्र नं १७ – EAST TSIM SHA TSUI & KING’S PARK
इष्ट चिम शा चुइ र किङ्स पार्क मा – लोकतन्त्र पक्षधर चु चाङ लोक “लिअो”ले बिपक्षी नेता चाङ मिङ समको १,५६७ मतको बिरुद्ध १,७४५ मत प्राप्त गरि जितेका छन् । विजेताको नम्बर १ रहेको थियो ।

क्षेत्र नं १८ – JORDAN NORTH
जोर्डन नर्थ मा – स्वतन्त्रबाट हो फु विङ “फ्र्यांक” ले बिपक्षी नेता जो चुङ वा को १,११७ मतको बिरुद्ध १,४२३ मत प्राप्त गरि जितेका छन् । विजेताको नम्बर २ रहेको थियो ।

क्षेत्र नं १९ – JORDAN SOUTH
जोर्डन साउथ मा – स्वतन्त्रबाट चाङ चेज वाइले बिपक्षी नेता ङाउ चुङ क्रिसको १४५१ मतको बिरुद्ध १,५१६ मत प्राप्त गरि जितेका छन् । विजेताको नम्बर १ रहेको थियो ।

क्षेत्र नं २० – TSIM SHA TSUI CENTRAL
चिम शा चुइ सेन्ट्रल मा – लोकतन्त्र पक्षधर हो च्युक हिनले बिपक्षी नेता क्वान साउ लिङ को १,१६७ मतको बिरुद्ध १,५३३ मत प्राप्त गति जितेको छ । विजेताको नम्बर १ रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here